कला

नसानसा, अंगअंग बस्यो माया तिमीसँग

गीत

नसानसा, अंगअंग बस्यो माया तिमीसँग,

पूर्णिमाको जूनजस्तै खेलिरन्छौ यो मनसँग ।

 

नसालु त्यो हेराइ  तिम्रो चुमु लाग्छ अंगअंग,

भरिदिऊँ कि  मायाले नै सानु तिम्रो  रंगरंग ।

रातको जून दिनको घाम वसन्तकी रंगरंग

नसानसा अंगअंग बस्यो माया तिमीसँग ।

 

नसानसा अंगअंग बस्यो माया तिमीसँग,

पूर्णिामाको  जूनजस्तै खेलिरन्छौ यो मनसँग।

 

नयनको गाजल अनि बारुले त्यो कमर देख्दा,

छक्क को नपर्ला र बान्की तिम्रो शरीर देख्दा ।

अधरको हाँसो अनि मन्द तिम्रो बोली सुन्दा,

नसानसा झड्का लाग्छ अंगअंग माया बस्दा।

 

नसानसा, अंगअंग बस्यो माया तिमीसँग,

पूर्णिमाको  जूनजस्तै खेलिरन्छौ यो मनसँग ।

खोटाङ,

हाल– क्यालिफोर्निया, सान् फ्रान्सिस्को ।

प्रकाशित: ३ फाल्गुन २०७७ ०७:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App