कला

तिमी र म

कविता

भिन्नता धेरै रहेछ

तिमी र ममा

म बगरको

ढुङ्गा 

तिमी फूलको  

थुँगा

फरक त्यति

म टुक्रिएर  

छरिएको

तिमी फक्रिएर

कसैबाट सजिएको

म घामको प्रतीक्षामा

रुमलिरहेको  

खोंच थिएँ

तिमी पहाडको  

अग्लाइमा

मस्त तापको  

रापमा थियौ

त्यसैले होला  

तिमीमा  

जवानीजस्तै मात  

चढिरहेको

म ढल्किदै गैरहेको

साँझजस्तै

खालि अँध्यारो  

पर्खिरहेको ।

तर पनि मलाई

अँध्यारो छिचोल्दै

बिउँझेको बिहानी  

मन पर्छ

छालको चपेटामा  

रेटेर पनि मलाई

बगेको बहाव  

मन पर्छ

आखिर फरक त  

त्यत्ति नै हो

तिमी भन्छौ

संघर्षबिनाको  

जीवन जिउँछुं

म लडेर पनि

अझै जीवन जिउने  

साहस बटुल्छु ।

प्रकाशित: २ फाल्गुन २०७७ ०६:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App