कला

उल्लु डे

लघुकथा

आचार्य प्रभा 

भोलि भ्यालेनटाइेन डे, विशाल सधैंझैं इेशालाई भेट्ने तयारीमा उत्साहित थियो । ऊ नजिकैको सपिङ सेन्टरमा गएर इेशाका लागि उपहार किनिरहेको थियो । फूल लिन भनी उसले के हात अघि बढाएको थियो । केही शब्दहरू उसका कानमा आएर ठोक्किए ।

– यार त्यो इेशा खत्तम छे। भ्यालेनटाइेनको दिनमा उस्ले कति जनाको उपहार लिन्छे लिन्छे।

अर्को आवाज – अनि त्यस्तो जानीजानी किन उपहार दिन्छौ त तिमीले पनि ।

अघिकै आवाज– यसो रिल्याक्स नि । आजको जमानामा को लैला मजनु छन् र !  भनाइमा मात्र प्रेम दिवस भ्यालेन्टाइेन डे ।  व्यवहारमा उल्लु दिवस हो । दुवैतर्फबाट उल्लु बनाउने । यो समयमा यसै रिल्याक्स गर्ने र प्रेमी –प्रेमिकाको नाममा ठग्ने दिन मात्र हो । अब हेर, भोलि त्यही ईशा र निलिमालाई दिन म गिफ्ट किन्दैछु । तिनीहरूलाई के थाहा कि  म यस्तो ट्रिक रच्छु भनेर । मलाई पनि तिनीहरूले त्यसै गर्दा हुन्।

यसै बिचमा अर्काले थप्यो –ती केटीहरूलाई थाहा छैन होला त तिमी विवाहित हौ भनेर ।

अघिकै आवाज –अरे आजकाल विवाहसँग के मतलव । जिन्दगी गुजार्ने भनेर भ्यालेन्टाइेन डेमा गुलाफ लिएका हुन् र ।  त्यस्तै भए एकार्काको बारेमा बुझेर जिन्दगीलाई अघि बढाउँथे नि । साँचो प्रेम भए किन भ्यालेनटाइेन डे कुर्नुपर्छ । यी मैले एक वर्षमा ईशा र निलिमालाई हिजै मात्र कन्ट्याक्ट गरेको दुवै मलाई भेट्न राजी छन् । न त उनीहरूलाई मेरो वास्तविक जीवनसँग मतलब छ। नत मेरो बारेमा जानकारी नै ।

अर्को आवाज – यार,मलाई तिम्रो यस्तो चाला मन परेन । तिमीले आफ्नी श्रीमती लगायत अन्य केटीहरूलाई नै उल्लु बनाउँदै रहेछौ त ।

अघिल्लो आवाज – छोड्देऊ यार । कोही मतलब नराखी हामफाल्छन् भने म के गरूँ । रह्यो श्रीमतीको कुरा । मैले श्रीमतीलाई कुनै अभावमा राखेको छैन ।बस् यो त गेम हो । आफ्नो घरपरिवारलाई घाटा नपारीकन मनोरन्जन गर्ने खेल खेलेको मात्र। 

ती युवकहरुका कुरा सुनेर विशाल  किंकर्तव्यविमूढ बन्यो र गुलाब लिन अघि बढेका उस्का हातहरू निष्क्रिय बने । ऊ निस्तब्ध बनेर त्यसै टोल्हाइरह्यो ।  

प्रकाशित: १ फाल्गुन २०७७ ०२:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App