एक टुक्रा शीतको बूँदजस्तै
जीवनको परिभाषा
थोरै हल्लावटमा झर्ने
घामको मलिन किरणमा सुक्ने
क्षणमै बिलाउने
एउटा शीतको बूँद रहेछ जीवन
पहारिलो घाममा वैलाएको सागजस्तै
मधुरो र मलिन
फेरि बिहानी उषामा
रातिका शीतका थोपाहरूले
ज्यानभरि दिएझैं
केही टाठो र चम्किलो
यस्तै दुखद् अनुभूतिमा बाँच्ने कला
वा कुम्हालेको माटोको भाँडोझैं
कतिबेला ट्याक्क चोट लाग्छ
र , प्याट्ट फुट्छ
त्यो माटोको भाँडोझैं
यो जीवन ।
प्रकाशित: २९ माघ २०७७ ११:३१ बिहीबार