कला

होडबाजी

कविता

गुँडमा चरीका बचेराहरू

हुर्काउने होड छ

सडकमा सवारीहरू  

तँछाडमछाड गर्दै

गुड्ने जोड छ

व्यापारीहरू एकको चार बनाउन

कति व्यस्त हुन्छन्

व्यस्त छ सरकार  

काला बजाररियाबाट  

मुनाफा लिन

 

यसरी नै ठेक्कापट्टामा  

मजदुर र लगानीकर्ता  

माथि दोहनको डोजर कुदाउन हतार छ

 

जो जसरी जे गर्छ  

आफ्नै स्वार्थ पाल्न गर्छ

यसरी त दुनियाँ रणभुल्ल छ

त्यही रणभुल्ल दुनियाँभित्र  

बोरामा फोहोर कागज

काटुन खाली सिसी बोत्तल

र रड फलामजन्य टुक्रा  

बोक्नेलाई समेत सेवाको मतलब हुनेछैन

धनीलाई झन् के मतलब

 

म त त्यही अलमलभित्र  

रुमल्लिएको आँसु बनेर

बागमतीमा मिसिन्छु  

र बादल बनेर आकाश घुम्छु

मेरो थकान मेट्न बर्साद बनेर धरतीमा पछारिन्छु

जसरी मानिस सेवालाई  बिर्सिरहन्छन्  

मलाई त्यसरी नै बिर्सिरहेका हुन्छन्

जब म उसको शरीर निथु्रक्क भिजाउँछु  

तब मलाई कुकुरको मुतसंग तुलना गर्छन्

यसरी हेर्दा आफूलाई घृणा गर्नेको भिडमा बसेर

उसकै सु भएर लिङ्गबाट ननस्टप

बगिदिन मन लाग्छ

जो जसरी रोकिदै पहिले बग्ने गरेको थिए  

त्यो बिलकुल बदलेर  

उसलाई नरोकिने दुख दिइरहन रिस उठ्छ

 

त्यतिखेर के हो थकान

होडबाजी गर्नेहरूलाई  

घोच्दै सोध्न मन उडेको छ  

त्यो उडेको बिउ खसालेर  

मलिलो ठाउमा उमार्नु छ

र त्यसबेलाको बदलिँदो परिवेशमा  

आफूलाई शिखर नजिक उभ्याउनु छ

जस्ले सधैं सबै संक्रमणकालको  

अन्त्य गरोस्  

र हो नजन्मियोस्

सिस्टमेटिक स्वच्छ प्रतिस्पर्धाको  

भगिरथ आस्था बनोस्  

म यो होडबाजी भन्ने शब्दलाई डिक्नरीमा मात्रै  

सीमित रहेको महसुसमा बाँच्न सिक्ने छु ।

प्रकाशित: २५ माघ २०७७ ११:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App