अस्पतालमा मौनताको भिडभाड थियो । कसैलाई एक अर्कालाई ध्यान दिन सक्ने अवस्था र फुर्सद थिएन । सबैलाई आफन्त र आफ्नो स्वास्थको ख्याल थियो । कसरी बाचौं र र बचाऔं मात्रै ।
काउन्टरमा औषधि लिनेदिनेको भिड, हरेक कोठाअघि चिकित्सकको पर्खाइमा लामालामा लाइन थिए । सबै प्रायः मौन थिए ।
हजारौंको भिडमा पनि सुनसान थियो । यस्तैमा एक चिकित्सक प्रत्येक कोठामा विरामी चेकजाँच गर्न भित्र – बाहिर गरिरहेका थिए ।
उनका आँखामा हरेक पटक बाहिरी कक्षमा पछाडि स्कुल व्याग बोकेको एक ६÷७ बर्से बच्चामा पर्दथ्यो । पहिलोपटक अभिभावक छन् भनेर बेवास्ता गरे ।
उनी १५ कोठा चाहार्दा पनि फुच्चे यताउता खोजेझै त्यही ठिङ्ग उभिएको थियो । चिकित्सक उत्सुक भएँ ।
नजिकै गएर सोधेँ – के हो प्यारो बाबू ?
वरिपरि ट्रे लिएर झुम्मिएका नर्सहरू पनि मौन थिएँ ।
– यहीँ सुनसान छ, कोही नबोल्ने के पाउँला दबाई । बच्चाको जवाफ थियोे ।
बुबा यहीँ भर ल्यापटपमा नबोली बस्ने, आमा मोबाइलमा । स्कुलभन्दा बाहिर जता नि सुनसान।
अलमलमा पर्दै चिकित्सकले सोधे– केको दबाई बाबु।
उसले सटिक जवाफ दियो – पाइँदैन यहाँ।
चिकित्सकको उत्सुकता झन् बढ्यो । उनले सोधे – नाम त भन न्, म जहाँबाट पनि खोज्छु ।
बच्चाले भन्यो– बाबामम्मीलाई मसंग खेल्ने, हाँस्ने, जिस्किने अनि रमाइलो गर्ने खालको दबाई ।
प्रकाशित: २१ माघ २०७७ ११:०४ बुधबार