कला

चाँचरी

लघुकथा

जमुना पौड्याल

 

– हेर्नुहोस् त हजुर , मेरो पेटभित्र पसेको छ । म भोकै छु ।केही खाएकी छैन । भोकै भएको प्रमाण पेश गर्दै एक अधबैँसे महिलाले भनिन् ।

– भान्सा उठिसकेको थियो ।अब आमाले के दिनुहुन्छ होला ।म सोच्दै थिएँ ।

आमाले यताउताबाट खोजेर केही खाना ल्याएर दिनुभयो ।उनले एकैसासमा सकिन्। लाग्थ्यो उनको भोक अझै मेटिएको छैन।

उनी आफ्नै सुरमा बोल्न लागिन् – मेरो लोग्नेले मलाई माया गर्दैन।छोरासँग बोल्न पनि दिँदैन । म त सौतालाई पनि माया गर्छु ।मलाई कसैले माया गर्दैनन् ।

परिचितले मात्र उनको भाषा बुझ्थे । मेरो उनीसँगको दोस्रो भेट थियो। त्यसैले अलिअलि कुरा बुझेजस्तो लाग्यो ।

उनको मानसिक सन्तुलन ठिक थिएन । पूर्ण रूपले गुमाएकी पनि थिइनन् ।परिवारले वास्ता नगरेकाले उपचार पाउन सकिनन् । नत्र खाइलाग्दो जवानी बोकेर घरदैलो कुर्नुपर्ने थिएन विचरीलाई ।

मैले छेउमै गएर सोधे –चाँचरी दिदी , कहाँबाट आउनुभयो ?

मेरो प्रश्न झर्न नपाउँदै उनले उत्तर दिइन् – यो बैनीले मलाई चिनिन् । ए, म  खोलाबाट। हिजो राति एउटा मान्छेले मलाई खोलाको पुलमुनि लग्यो ।बिहान उठ्दा ऊ थिएन ।मैले खोज्दा –खोज्दा गरेँ भेटिन अनि यहाँ आएँ । हेर्नुहोस् त, उसले यो पैसा छोडेर भागेछ।

चाँचरी दिदी एक सय रुपियाँको नोट देखाउँदै हाँसिन् ।

प्रकाशित: २३ पुस २०७७ ०४:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App