कला

फिक्कलको उकालो बजारमा

राजनीतिकर्मी तथा साहित्यकार मिलनकान्छा किरातीको निबन्ध सङ्ग्रह फिक्कलको उकालो बजारमा आएको छ  । कोरोनाका कारण केही ढिला भए पनि पुस्तक बजारमा आएको खबर प्रकाशकले दिएपछि लेखकले यो आफ्नो सानो खुशीको संज्ञा दिएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन, ‘ साना–साना खुशी ! विविध कारणले विलम्ब भयो ! यद्यपि, पुस्तक बजारमा आएको प्रकाशकद्धारा जानकारी पाएँ । ‘फिक्कलको उकालो’ हिजोसम्म मेरो थियो । अब, तपाईहरुको भयो । इन्डिगो इन्क प्रकाशन गृह, काठमाडौँले प्रकाशन, वितरण गरेको उक्त संग्रह किरातीको पाचौं कृति हो ।

खोटाङको हलेसी तुवाचुङ् नगरपालिका डिकुवा– दाम्ली, पिपलटार टोलमा जन्मेका किराती साहित्य क्षेत्रमा लामो समयदेखि साधनारत छन् । किरातीका यसअघि कविता संग्रह शान्तिको खोजी २०६१, आँसुको वर्ष कथा संग्रह २०६६, संयुक्त कविता संग्रह २०६७ र फूलको विज्ञप्ति कविता संग्रह ०७५ प्रकाशित छन् ।

बालसाहित्यमा समेत कलम चलाइहरेका किरातीले विभिन्न पत्रपत्रिकाहरुमा राजनीतिक, समसामयिक  र साहित्यका विविध विधामा निरन्तर कलम चलाउँदै आइरहेका छन् ।  

प्रकाशित: २० पुस २०७७ ०७:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App