कला

भुल्नै नसक्नेलाई भुल्ने बहाना एउटा

गीत

कल्पना अधिकारी

 

पिउनु त के हो र जिउने चाहना एउटा,

भुल्नै नसक्नेलाई भुल्ने बहाना एउटा ।

 

मुटुभरि छ घाउ ओठमा छ हाँसो ल्याउनु,

सपनीमा आउनेलाई बिपनीमा छ पछ्याउनु ।

मनभरि खेल्नेलाई भुल्ने चाहना एउटा,

भुल्नै नसक्नेलाई भुल्ने बहाना एउटा ।

 

गिलास बोतलले हैन है पीडाले पिउँछु म त,

छ याद छातीभरि उनको त्यसैमा जिउँछु म ।

विरानोलाई आफ्नो भन्ने चाहना एउटा,

भुल्नै नसक्नेलाई भुल्ने बहाना एउटा ।

प्रकाशित: २५ मंसिर २०७७ ०६:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App