कला

झण्डाको संवाद

लघुकथा

नारायणी पौडेल खनाल

 

परिवर्तित भेषधारीहरू झण्डासँग आबद्ध थिए । म,मेरो परीवार पनि झण्डासँग आवध्द थियौ । उनीहरुको झण्डा र हाम्रो झण्डामा धेरै भिन्नता थियो ।  उनीहरूको झण्डाले हात फैलाउँथ्यो । स्वार्थले अंकमाल गर्थ्यो । अवसर हेरेर चहलपहल दिन्थ्यो । निमुखालाई आशा देखाउँथ्यो, आश्वासन दिन्थ्यो, प्रयोगात्मक सामग्री बनाउँथ्यो ।

एउटा कार्यक्रममा हाम्रो झण्डा र परिवर्तित भेषधारीका झण्डाको समागम भएको थियो ।  

–  तिमीले किन आफ्नो छत्रछायामा बस्नेहरूलाई सही आचरणमा रहन बाध्य नगरेको !

हाम्रो झण्डाले प्रश्न गर्यो ।

– उनीहरूले हाम्रो इज्जतको ख्यालै गर्दैनन् । आफ्नो अवसर छोप्न मेरो नामको पहिचानमा टाँसिन आएका मात्र हुन्छन् , कता आचरण बदल्न सक्नु ! तिमीले सबैलाई समेटेका छौ । तिम्रो नाममा कलंक लाग्दैन । हामीलाई त कालो टीका लगाउने बानी परिसक्यो ।

भेषधारीका झण्डाले गुनासो पोख्यो – 

तिमीहरूको कुरा बुझेको छु ।  आफ्नो पहिचानमा छिरेर झूट बोल्ने, झुक्याउने, साझा ढुकुटी रित्याउनेलाई टुलुटुलु हेर्नु परेको पनि बुझेको छु ।  हुँदाहुँदा आन्दोलनमा शहिद भएकाको परिवारलाई तोकिएको रकम समेत  

तिमीहरुको नामले नपठाएको भए शहिद हुने थिएन,भनेर रकम थुत्दा रहेछन् ! कस्तो मागी खाने भाँडो भयौ नि !

हाम्रो झण्डाले यथार्थ ओकल्यो – हो त नि हाम्रो पहिचान र तिम्रो पहिचानमा आकाशजमिनको फरक छ । हामी मागी खाने भाँडो बनेर स्वार्थ पूर्तिमा हल्लनछौँ ।  तिमी विश्वविख्यात भएर स्वाभिमानले हल्लन्छौ । 

हाम्रो झण्डा  मुस्कुराएर फरफरायो, चन्द्र र सूर्यले अरू सबै झुकेको देखे ।

प्रकाशित: २५ मंसिर २०७७ ०५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App