क्षितिज दाहाल
बुद्ध तेरो देशमा जन्मिएको भए पनि,
बुद्ध मेरो देशमा जन्मिएको भए पनि ।
बुद्धले तँलाई काख लिएर ज्ञान दिएको भए पनि,
बुद्धले मलाई काख लिएर ज्ञान दिएको भए पनि ।
न तँ असल अनुयायी हुन सकिस्,
न म असल अनुयायी हुन सकेँ ।
धिक्कार छ तँलाई,
धिक्कार छ मलाई पनि !
प्रकाशित: २४ मंसिर २०७७ ०६:५८ बुधबार