कला

नायिका श्वेता खड्काले गरिन् पुन:विवाह

नायिका श्वेता खड्काले पुनः विवाह गरेकी छन्।  

सोमबार उनले धनगढीका विजयेन्द्र सिंह राउतसँग विवाह गरेकी हुन्।

काठमाडौंस्थित गोकर्ण रिसोर्टमा सीमित आफन्तका बीच विवाह गरेकी हुन्। 

यसअघि उनले २०७१ असार २३ गते नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। तर त्यसको १ महिनापछि नै रक्त क्यान्सरका कारण नायक श्रेष्ठको निधन भएको थियो। 

यो पनि पढ्नुहोस्

नायिका श्वेताको दोस्रो विवाह आज, भन्छिन् : जीवनका नयाँ पानामा भुल्दै छु म

प्रकाशित: २२ मंसिर २०७७ ०८:५६ सोमबार

श्वेता खड्का