कला

गरीबी

कविता

 मिना श्रेष्ठ सबि

 

जति बेला म

झुपडीमा हुन्थे

अनि मेरा आफन्तहरूले बाटो काटेर

हिंड्थे।

जतिबेला म थोत्रे

लुगा लगाउँथे

आफन्तहरूलाई

मसंग बोल्न

गारो हुन्थ्यो  

उनीहरूलाई

आफ्नो मान्छे भन्न

पनि लाज लाग्थ्यो।

गरीब भएकै कारण  

देखावटी हाउभाउमा

रमाउने ती धनाढ्यहरू

भित्री रहस्य बुझ्नै

खोज्दैनन्  

हो गरीब भएकै

कारण।

समय र परिस्थितिले पनि

आज टाढा बनाएर  

राखिदियो

बाटो काटेर हिड्ने नै

बनायो।

लुटेका सम्पतिमा

रमाउनेहरूलाई

त्यो झुपडीको

न्यानो माया र

मानप्रतिष्ठा

के थाहा हुन्छ र !

गरीब भएकै कारण  

निच सोचले हेर्ने

उनीहरूको बाहिरी

आँखा।

कति बलवान्  

यो समय धनको

घमण्डीलाई पनि

थुनिदियो घरभित्रै

म महसुस गरिरहेछु

गरीब भएकै कारण ।

प्रकाशित: १९ मंसिर २०७७ १०:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App