कला

अँध्यारोको डाम

कविता

वसुश्री पाण्डे 

 

बाटोमा ओहोरदोहोर गर्दा

चिनेका प्रिय अनुहारहरू

भेट्ने आशामा  

एकतमासले खोजिरहन्छु

कहिलेकहीं भेट्छु

कहिलेकहीं भेट्दिनँ पनि  

भेटिनुको उल्लासमा रमाउँछु  

नभेटिनुको अर्थमा उदासिन्छु।  

 

जीवनको नजिक हुनु भनेको

नजानिँदो गरी या छाउने माया

जानिदो गरी आउने छायाँ  

आखिरमा जीवन नै त हुँदोरहेछ नि।  

 

मुटुको घाउ फेरि बल्झेर

दुख्नु दुखिरहनु भएर चस्कनु  

नमिठो यातनाजस्तो  

या विरक्तीपनको आभासमा

आफैलाई खोक्रो बनाउनु

अनि खुसीको जलप लगाएर

उज्यालो हुनु खोज्नु र

अँध्यारोमा आफ्नै प्रतिच्छाया खोज्नु र

नदेख्नुको डाम सहनुजस्तै हो।

प्रकाशित: २८ कार्तिक २०७७ ०९:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App