कला

मृत्युको अनेक रूप

लघुकथा

विवि याक्खा

 

साम दाम, दण्डभेद अपनाउनुपर्ने जति सबै नै केही पनि बाँकी  नराखी आफ्नो जीवनकालमा उनी सत्ता र शक्तिकै वरिपरि रहे।

बङ्गालो गाडी नोकरचाकरसितै  स्विस बैकमा खातसम्म खोले । छोराछोरी सबै विदेशतिरै पुरयाए ।  उतैको परिवेश दुनियाँमा रम्नु उनका नाम धर्मप्रसाद भए पनि काम भने दैत्यको जस्तै थियो।

अर्कोतर्फ थिए मोतिराज ठिक विपरीत । सरकारी राम्रो नै तहका कर्मचारी भए पनि उनमा कुनै लोभलालसा रति  थिएन। कुनै पनि गलत कार्य गर्नु देश र जनताविरुद्ध धोका ठान्दथे । आफ्नो तलबभत्ता पनि गरीब दुखी जनताको लागि खर्चन्थे।

समय दिन कालसितै महामारी फैलियो मुलुकभर सलहजस्तो यताउता आवतजावतमा प्रतिबन्ध लगायो संसारभरि नै । धर्मप्रसद र मोतिराजलाई संक्रमणको जटिल कारणले  उपचार गर्नुपर्ने अवस्था आयो तर केही पनि  गर्न सकेनन् ।

अन्तिम मृत्यु संस्कारअनुसार दुवैको सबको अन्त्येष्टिका लागि शव यात्रा निस्कियो धर्मप्रसादको सब व्यावस्थापन  टोलीको र केही आफन्तको उपस्तिथिमा अन्त्येष्टि गरियो भने मोतीराजका भने हजारौंका संख्यामा सावधानी अपनाउदै सभागी बने देश र जनता नै दुखी बनेर श्रद्धाञ्जली अर्पण गरे । यसै मध्यका एकले तुलना गर्दै  ल हेरौ मृत्युको अनेक रूप लोभ र पाप अनि  सत्य र सत्मार्ग बिचको लेखाजोखा आखिर हुने रहेछ देखियो।

प्रकाशित: २८ कार्तिक २०७७ ०८:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App