कला

मृत्युपछिको सम्मान्!

कथा

 नारायण कोइराला 

 

माधुरी आज बिहान एकदम हर्षित देखिन्थिन्।

  सधै जसो आज पनि बिहानको पूजापाठ गरी आफ्नो खाना खाएर कर्मथलोतिर जाँदै थिइन्। उनको हातमा सानो झोला अनि कलम कानमा सानो एयर्फोन थियो।अनि फोन पनि।

रातो रंगको स्कुटीमा बसेर  उनी जाँद्यै थिइन्। माधुरीको फोन आयो– हेलो के छ, आराम हुनुहुन्छ !

–हजुर ठीक छ , उताबाट उतर आयो।

–अनि कता जान लागेकी !  

–अफिस नि, उतर माधुरीको थियो।

– अनि हजुुर  कता !  म पनि नि अफिस जाँदै छु। साँझ भेटेर कुरा गरौंला,हुन्छ नि  भन्दै फोन काटिन् उनले।

माधुरीको एउटा राम्रो बानी थियो। सधै साँझमा दिनभरिका कुरा कापीमा लेख्ने अनि  भोलि के गर्ने भनी रुटिन बनाएर नोट गर्ने।

साँझको समय थियो। अलिअलि पानि परी रहेको थियो।आकाशमा बादलहरू डम्म थिए। स्कुटी आफ्नो गतिमा दौडिएको थियो।ठूलो आवाज आउँछ।माधुरीको स्कुटी रोडको किनाराबाट तल पूग्छ अनि माधुरी रोडमा लुटुपुटु हुन्छिन्।उनलाई हान्ने ट्रक फेरि उनी माथि ब्याक गरी बाँकी रहेको शास पनि निकाली दिन्छ ।

अब त उनको शरीर भन्दा नी मासुका चोक्टा रोडमा थिए।उनको फोन बज्दै थियो ।झोला पनि रगत संग मुछिएको थियो ।उनको नोट कापी अलि तल पुग्यको थियो।

केही समयपछि पोलिस आएँ।बिहान फोन गर्ने साथी पनि आई सकेका थिए।पुलिसको चेक जाँच पछि उनको टुक्रा भएको शरीर अस्पतालमा विधि पुर्याउन लगियो।उनको साथीको आँखा तल पट्टी पुगेको नोट कापीमा पुग्यो। कापी लिएर उनी पनि हस्पिटल तिर गए।

आज माधुरीको मृत्यु भएको पन्द्रदिन भईसकेको थियो।उनका साथी माधुरीको नोट कापी पल्टाउँदै थिए।

माधुरीको नोट कापी पल्टाएँ पछि उनको होस् उड्यो ।  नोटमा यस्तो लेखिएको थियो – म भोलि बिहान  ठूलो मिसनमा निस्कदै छु । मिसन भ्रष्टचार अनि मेरो जीवनको ठूलो परिवर्तन पनि । धेरैं समाचार लेखें तर मेरो समाचार अनि लेखले खासै महत्त्व पाउन  सफल भएनन् । यो मिसनपछि मेरो लाइक, शेयर र कमेन्ट एक लाखभन्दा बढी हुनेछ अनि बल्ल माधुरीको हो, सबैले चिन्ने छन्।

उनको साथीले एक गिलास पानी एकैसासमा पिए।अरू थपेकी थिइन् माधुरीले – साथी म यो मिसनमा केही तलमाथि भए भनी बाँकी कामको जिम्मा हजुरले लिनुहोला। हाम्रो मित्रताको कसम !

उनका आँखा रसाए । मन भारी भए। अनि मोबाइलमा माधुरीको दुघर्टना भएको समाचार  पुनः एकपल्ट हेरें। माधुरीको त्यो समाचार एक करोड शेयर भएको थियो।

उनी मनमनै सोच्न थालें, ‘मान्छेलाई समान पाउन मर्नु जो पर्ने हो, माधुरीको  बाँकी रहेको मिसन भ्रष्टचारतिर लाग्ने विचार उनको मस्तिष्कमा घुमिरहेको थियो।

प्रकाशित: २५ कार्तिक २०७७ ०९:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App