कला

जानीजानी गधालाई गाई भन्नुपर्ने

मुक्तक

अनु विज्ञाति  

 

 १)  

पहुँचवालाको धमास , कहिलेसम्म टिक्छ

बोक्रेहरुको तमास , कहिलेसम्म टिक्छ

औंला दिँदा डुडुल्नै ,निल्नेहरूलाई

आशीर्वादको रवाफ , कहिलेसम्म टिक्छ । 

 

    २)                

दुइटामा तलमेल ,  कसरी लेखियो

सिद्धान्त र व्यवहार,  फरक देखियो

जानीजानी गधालाई गाई भन्नुपर्ने

नत्र भने विनासित्ति , करवाही भेटियो ।

 

    ३)

विधा बनाउने , क्या ताल देखियो  

षड्यन्त्रै षड्यन्त्रको , चाल देखियो  

टुप्पोमा पुगेपछि बिनासुझबुझ  

औंठा छापहरूको , कमाल देखियो ।

 

       ४)

पत्थर हैन हिराजस्तै,  छचल्कियो माया तिम्रो

अलग अब नठान है, म त सधै छायाँ तिम्रो

मुटुभित्र साँचेकी छु, मायाका ती बहारहरू

एक्लो छैनौं म नि हुन्छु, सधै दायाँबायाँ तिम्रो ।

 

         ५)

 देखेर मिठो सपना,  हराएँ तिमीमा

गुमाउँनै नसक्ने के मन्, पराएँ तिमीमा

चल्नै छाडेपछि आजकाल ढुकढुकी पनि  

यताको मुटु त्यता, सराएँ तिमीमा ।  

 

         ६)

  सधै हाँस्ने मलाई, रुने बनायौं

 आँसुले नै आँखा,   धुने बनायौं

  कसरी बुझाउँ सानू, के गरेनौं तिम्ले

  तिम्रो मायामा पागल, हुने बनायौं ।

प्रकाशित: २४ कार्तिक २०७७ १०:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App