कला

अर्को संसारको कल्पना

बालकथा

गीता अधिकारी

 

संयोग अधिकारी र सहना राई आठ कक्षामा अध्ययनरत छन् । उनीहरू दुवै पढनमा तीक्ष्ण छन् । अर्थात उनीहरू सधै अब्बल हुने गर्दछन् । स्कुलमा हुने परीक्षाहरूमा । संयोगका आमा अरूको घरमा काम गरेर भए पनि  छोरालाई काठमाडौंको राम्रै स्कुलमा पढाइरहेकी छन् । उनको बुबा देशमा भएको सशस्त्र द्वन्द्वमा बेपत्ता हुनुभएको थियो जो अझैसम्म घर आउनुभएको छैन । बाबाको कि शास देउ कि लाश देऊ भनेर धेरै समय संयोगकी आमाले आन्दोलनमा भाग लिनुभयो तर परिणाम भने केही आएन । सहनाको बुबा भने आर्मीको राम्रो पोष्टमा हुनुहुन्छ । सहनाले संयोगलाई आफ्नो घर पनि धेरै पटक लगेकी छन् । उनीहरू अन्य साथीहरूसँग पनि त्यतिकै मिलनसार रहेका छन् । संयोग वक्तृत्व कलामा निपुण छन् । उनी जहिले प्रथम हुने गर्दछन् । सहना पनि अतिरिक्त कृयाकलापमा त्यतिकै रुचि राख्ने गर्छिन । उनीहरू दुवैजना प्रथम त कहिले द्वितीय हुने गर्दछन् । स्कुलमा उनीहरूको बानी– व्यवहारले सबैलाई मोहित बनाएको छ । उनीहरू जेहनदार तथा अनुशासित विद्यार्थी थिए ।

एक दिन संयोग र सहनाले अर्को ग्रहका बारेमा साथीहरूलाई जानकारी गराए । उनीहरू भन्दै थिए – हामी पृथ्वीमा बस्छौ, यहाँ सात अर्बभन्दा बढी मानिस बसोबास गर्दछन् । हामी बसेको पृथ्वीबााहेक अर्को संसारमा पनि जीवको अस्तित्व रहेको अनेकौ अड्कल बाजीहरू हुने गर्दछन् । बेलाबेलामा अर्को संसारमा रहेका जीवजस्तै एलियन देखा परेको अपुष्ट समाचारहरू सञ्चार माध्यममा आउने गर्छन् । हामी सबैले पनि यस्ता समाचार सुन्ने, हेर्ने र पढ्ने गरेका छौ । यसका आधारमा हामी प्राणी भएको अर्को संसार पनि भएको कल्पना गर्छौ । साथीहरू कस्तो होला है त्यो अर्को संसार ? आफ्नो कक्षा कोठाका साथीहरूलाई संयोग र सहनाले भन्दै गए– हाम्रो सौर्य मण्डल बाहिर जीवनको चिन्हको खोजीमा लागेका वैज्ञानिकले आधुनिक प्रविधिको सहयोग लिइरहेका छन् । तर, सफलता भने हासिल भएको छैन । एलियन वा परग्रही जीवको अस्तित्वको कुरा सधैं चलिरहन्छ । तर, हालसम्म यस्तो कुनै पर्याप्त प्रमाण फेला परेको छैन, जसको आधारमा यसलाई सत्य मान्न सकियोस् । 

संयोग र सहनाले आफ्ना कुरा राख्दै गर्दा विज्ञानको सर कक्षा कोठामा प्रवेश गर्नुभयो र के भइरहेको छ भनेर सोध्नुभयो । सबैले संयोग र सहानाले भनेका कुरा बताए । उनीहरूको कुरामा सरले पनि सहमति जनाउँदै समय समयमा यस्ता कुरा आउने गरेको भए पनि एलियन वा परग्रही जीवको अस्तित्वको कुरामा वैज्ञानिकहरू तथ्य फेला पार्न नसकेको बताउनुभयो ।

सौर्यमण्डल बाहिर जीवनको चिन्हको खोजीमा लागेका वैज्ञानिकले यो रहस्य कहिलेसम्म पत्ता लगाउन सबैको कौतुहलको विषय रहेको सरले बताउनुभयो । संयोग र सहनाले विभिन्न खोज अनुसन्धानबाट यो कुरा छिट्टै पत्ता लाग्ने बताए । अन्य साथीहरू पनि उनीहरूको नयाँनयाँ कुराले आफूहरूले धेरै  कुरा थाह भएको बताए । सरले पनि संयोग र सहनालाई अझ नयाँनयाँ कुराका लागि हौसला प्रदान गर्नुभयो ।

यदि साच्चै छ भने कस्तो छ होला है त्यो अर्को संसार । तिनीहरू र हामीबीच के कस्ता भिन्नता छन् होला ? सबैबीच यही कौतुहलताका विषयमा छलफल भयो ।  

प्रकाशित: २३ कार्तिक २०७७ ०९:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App