कला

छोरा विदेश , बुहारी शहर, गाउँघर शून्य पारेर गए

मुक्तक

  निर्मला कुँवर

 १)

विदेशी भूमिमा बस्दिनँ अब, देशमै गएर पसीना बगाउँछु

आफ्नो बल श्रम र सीप, सबै त्यो माटोमा लगाउँछु

देशमा केही कमाइ हुन्न, भन्दै विदेश पस्नेहरूलाई

कर्म गरे देशमै छ कमाइ, भन्ने एउटा सन्देश जगाउँछु।

 

            २ 

छोरा विदेश , बुहारी शहर,  गाउँघर शून्य पारेर गए

बूढेसकालमा बाउआमाको, कठै आँसु झारेर गए

मर्ने बेला एकै मुठी, मुखमा पानी कसले देला

सन्तानहरू गाउँघर छोडी, यस्तो माया मारेर गए।

बूढेसकालमा बाउआमाको, कठै आँसु झारेर गए

मर्ने बेला एकै मुठी, मुखमा पानी कसले देला

सन्तानहरू गाउँघर छोडी, यस्तो माया मारेर गए।

              ३

याद आउँछ अझै पनि, ढिँकीजाँतो गरेका दिनहरू

झिसमिसेमा पँधेरो गई, साझी पानी भरेका दिनहरू

अर्मपर्म मेलापात, दाउराघाँसमा  उसै गरी

सम्झिरहन्छु साथीसँग, बेसीतिर झरेका दिनहरू ।

 

          ४ 

तिम्रो निम्ति मर्दिन म, तिम्ले माया मा​र्यौ भन्दैमा

माया लगाई धोका दिई, मेरा आँसु झार्यौ भन्दैमा

एक्लै पनि बाँच्न सक्छु, मुटुभित्र साहस बोकी

हार्दिन म जीवनदेखि, तिम्ले एक्लै पार्यौ भन्दैमा।।

  ५

आमा हुञ्जेल मात्र जीवन, साँच्चै स्वर्ग जस्तो हुन्छ

आमाको त्यो मायाअगाडि, सारा संसार सस्तो हुन्छ

कति हुन्छ आमाको अभाव, सोध आमा नहुनेलाई

आमाविहीन यो संसारमा, बाँच्दाखेरि कस्तो हुन्छ।

प्रकाशित: २५ भाद्र २०७७ ०८:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App