कला

फोटो

लघुकथा

तुलसी पण्डित

 

विदेश बसेको लोग्नेलाई हिरामायाले फोन गरिन् । हेर्नोस्न हजुर तीजका लागि कति दोकानमा गएर कपडा हेरियो ,एउटा कपडा मन परेन । पचास हजारको साडी बल्लबल्ल पाएथेँ त्यो पनि रङ मन परेन । अरुको अगाडि तीजमा लगाउने कपडा नै भएन ? बरु त्यहींबाट राम्रो कपडा छानेर पठाइ दिनु न ।" तिमीलाई पठाउने होकी यहाँकीलाई दिने हो ? "केरे ! केरे ! "

"होनि त तिमीले मैले दुख गरेर पठाएको पैसा जतन गर्न सकिनौँ । मेरो कमाइ गहना र कपडामा खर्च गरी सक्यौँ । खर्च कम होस् र केही जोगाउन सकियोस् भनेर मैले यहाँ अर्को विवाह गरे । उनी त न खान्छिन् । न गहना खोज्थिन् न कपडा चाहियो भन्छिन् । न गुनासो गर्छिन् न घुर्की लगाउँछिन् । "

"हैन के भनिबक्सेको । के साँचो हो र ।" " के गर्ने त कमाइले न पुग्ने भए पछि ।" "भो म अब धेरै फुरमास गर्दिन । बरु गहना सबै बेचेर घर बनाउँछु । बरु उसलाई त्यहाँबाट लखेटी दिनुहोस् ।"

 " तिमीलाई साडी पठाउँन के गरौँ त अब ?" " भो पर्दैन । " "फेरि तिमी रुन्छौ की ?" " म किन रुने झन् खुशी हुन्छु । बरु उसलाई देखाउनु न एकपल्ट हेरौँ । " "त्यो त तिम्रो फोटो पो हो मैंया ।"

प्रकाशित: २४ भाद्र २०७७ ०६:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App