खिमानन्द पोखरेल
बेइमानको राजा भएर बॉच्नुभन्दा
इमानदारको पाजी भएर बॉच्नुमा
गर्व हुन्छ ।
बेइमानले इमानको झोली कहॉ
भर्न सक्छ र
बेइमानले भरिएका आँखाहरूमा
आँसु र पीडाको दम हुँदैन ।
औँसीको रातमा
उन्मादका पाइलाहरूले
प्रहार गरेका तिखा दाँतहरूसँग
टक्राराएका
ती दन्त लहरबाट
अपरिभेद्य चट्टानसँगै
तिखा नंग्राहरूले
विषाक्त पारिरहेका
निष्कपटी मनहरूमाथि
प्रहार गरिरहेछन्
पाखुरीका चोटहरूले
फैलाउँदै छन्
तरंगका आँचलहरू ।
जेलिएका मनहरूसँगै
फैलिरहेछन्
बीभत्सकारी नंग्राहरू ।
उठिरहेछन् शरीरबाट
न मीठा वास्नाहरू ।
मनमा पलाएका रहरहरूलाई
निस्तेज पारिदैछ।
रित्तो भकारीमा कहॉबाट अन्नका दानाहरू भरिन सक्छन् र
भकारीहरू अन्नका दानाहरूले होइन
बालुवै बालुवाका रासले भरिएका छन्।
बालुवाको रासले भरिएका
भकारीहरूबाट
निस्किरहेछन् पसीनाका नमीठा
बेमौसमी गन्धहरू ।
डिट्ठाको घर कौसीमा गुण बनाएर
एकक्षत्र शान्तिको भिख माग्दै
गरेका एक जोडी परेवाले
देखाएको आत्मियतालाई
नजर अन्दाज गर्न नसक्नेहरूको
चोखो मनले शान्तिको
गीत गाउन कहॉ सक्छ होला र ?
शान्ति विपुल फुक्न
कहॉ सक्छ होला र ?
बेमानहरूको बेइमानी प्रवृत्तिले
आफैलाई तह लगाउन सकेको छैन
मन रमाउन छोडिसकेको छ ।
बेइमानहरूको कर्तुतले
मन अमिलिएको छ ।
बेइमानको हर्कतमा
कहॉ पलाउन सक्छ र
इमानदारहरूका मुजुराहरू
मन कुडिएर अमिलो
भइसकेको छ ।
रातका सपनाहरू साकार
हुन सकेका छैनन्
सपनाहरू साकार हुन
अकर्मण्यताका उदासीन पर्खालबाट
सलबलाइरहेछन्
बेइमानका कर्तुतहरू
शहरहरूमा रातको अँध्यारोपनले
उज्यालोका विपुलहरू
फुक्न सकेका छैनन् ।
अतृप्त मनका चाहनाहरू
पूरा हुन सकेका छैनन् ।
मनभरिको कोलाहल
शान्त हुन सकेको छैन ।
यसरी पिल्सिरहेका मनहरूले
बेइमानको अकर्मण्यतालाई
साथ दिन चाहिरहेका छैनन् ।
प्रकाशित: २१ भाद्र २०७७ ०८:३६ आइतबार