घनबहादुर थापा
जिन्दगीमा अलिअलि फसें माफ गर
गाउँ छोडी शहरमा बसें माफ गर
अमृतभन्दा जहर पो राम्रो जस्तो लाग्यो
त्यै भ्रममा शहरमै पसें माफ गर
जन्मँदैको आफ्नै रूप फेर्न हतार हुँदा
शहरको पाउडर घसें माफ गर
कोरोनाका कहर यी कति आए कति
यस्तै कति भँड्खालोमा खसें माफ गर
लतपतिएँ शहरको फोहोरमा आज
मुहारमा धूलोधूँवा धसें माफ गर ।
प्रकाशित: १६ भाद्र २०७७ ०७:४७ मंगलबार