अम्बिका राई जुनू
केटी – डाँडापारि माइती मेरो सम्झना त गहिरो छ
आँखाभरि आँसु जम्छ हदयमा पहिरो छ
तीजको बेलैमा, तीजको बेलैमा
मन खोलेर नाच्छु आज साउने मेलैमा
केटा – व्यर्थै कि रुन्यौ तिमी माइतीलाई सम्झेर
मनको पीर धुन्छयौ फेरि गह भिजाएर
तीजको बेलैमा, तीजको बेलैमा
मलाई पनि सँगै लैजाउ साउने मेलैमा
केटी – चरीजस्तै उडी पुग्न नसकूँला माइती घर
हजुरको माया पाउँदा छैन मलाई डर
तीजको बेलैमा, तीजको बेलैमा
मन खोलेर नाच्छु, आज साउने मेलैमा
केटा – दर्के पानी छेक्नलाई एउटै छाता ओढौला
जिन्दगीको आधी बाटो हाँस्दैहाँस्दै काटौंला
तीजको बेलैमा, तीजको बेलैमा
मलाई पनि सँगै लैजाउ साउने मेलैमा
केटी – मलाई हारी किनिदनु त्यै कम्पनी तोलाको
सँगै जाउला भनेर नै माया गरी बोलाएको
तीजको बेलैमा, तीजको बेलैमा
मन खोलेर नाच्छु आज साउने मेलैमा
केटा – लेकमा फुल्ने गोगन गोगन फूल बेसी फुल्ने चिमाल
तिम्रै लागि उपहार यो सिंगै मेरो जीवन
तीजको बेलैमा त, तीजको बेलैमा
मलाई पनि सँगै लैजाउ साउने मेलैमा ।
प्रकाशित: ६ भाद्र २०७७ ०८:४३ शनिबार