कला

आमाको आँसु

लघुकथा

सीताराम नेपाल

मेरी आमा मलाई देख्नासाथ करकर गरी रुनुहुन्थ्यो । उहाँको माग मेरो जीवनसंग जोडिएको थियो । आमाको आँसु देख्न नसकेर मैले बिहे गरेँ ।

‘धन्य छोरा कति राम्री सुशील बुहारी भित्र्याइ मेरो इच्छा पूरा गरिस भन्दै उहाँ बडो खुसी हुनुभयो । म दंग परें । हुन पनि मेरी श्रीमती र आमा सासू – बुहारी होइन आमा– छोरी जस्ता देखिन्थे । तर, आमाको खुसी धेरै दिन टिकेन । दुवैको चन्द्रमाको जस्तो मुहारमा बादल लागेको देखियो । हुँदाहुँदा सासू बुहारीको अहंकारको टकराव सुरु भयो ।  आमाको दरो माग उहाँलाई वृद्धाश्रममा बस्नु थियो  । मैले आमाको त्यो माग पनि मन नलागीनलागी पूरा गरिदिएँ  ।

आज फेरि आमाको आँखामा आँसु छ । आमाको आँसु हिजो घरभित्र थियो, कसैले देख्दैनथ्यो तर आज वृद्धाश्रममा छ ।

उता मेरी श्रीमतीले मेरो फेसबुकवालमा आमालाई खूब देखभाल गरेको पुराना तस्वीरहरू पोस्ट गरिरहेकी छ ।

प्रकाशित: ५ भाद्र २०७७ ०८:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App