कला

मेरो संसार

कविता

  

                                        बाजुराम पौडेल

 

कैल हान्छ भैंचालोले, कोरोनाले कैले

खेतबारी बाढी पस्यो बेघरको मैले

कहाँ पाऊँ छानो ओत छाक टार्ने नुन

आकाशका तारा गन्ने कस्तो मेरो दिन !

 

देशभरि लुटान छ  आफ्नो भीर पैरो

बस्ती सोहोरेर लान्छ मेरै सेरोपेरो

हेलीक्याप्टर घुम्दै जान्छ  फन्को लगाएर

म छु सधैं आहालमा छेको नपाएर ।

 

बाछाबाछी किचिमिची गाईलाई डामे

सधैंभरि छाडेका छन् मैदानमा साँढे ।

देश छ रे झगडामा लुटानका लागि

अगस्तिका पेट हेरी बढाएर मागी ।

प्रकाशित: ४ भाद्र २०७७ ०५:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App