कला

आफ्नै छोराको कमाइ बाले देख्नु परेको छैन

गजल

प्रकाश समीर

 

आफ्नै छोराको कमाइ बाले देख्नु परेको छैन

जस्तो जुनको प्रगति ताराले देख्नु परेको छैन  

स्वार्थी बन, घाती बन प्रिय योभन्दा नि धेरै,

निस्वार्थको प्रगति यी आँखाले देख्नु परेको छैन

बाआमाको नजरले सन्तान सधैं बच्चा देख्छ

हुर्काउँदाको संघर्ष बच्चाले देख्नु परेको छैन

तिमीलाई गन्तव्य देखाउन आँखा फुटाएको हुँ 

तिमी पुगेको ठाउँ यो अन्धाले देख्नु परेको छैन ।

प्रकाशित: ३ भाद्र २०७७ १२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App