लोकराज भट्ट
स्कुल पोशाकमा दुई चुल्ठी बाटेर बेलु उभिएकी छ। फोटो एल्बम पल्टाउँदा सुरुमा उसको यही फोटो देखिन्छ। दश वर्ष पुरानो फोटोले तिनै दिनमा पु¥याइदिन्छन। एल्बम पल्टाउँदै जाँदा यादहरू छताछुल्ल आँखाभरि पोखिन्छन्। निधारमा लगाएको कालो टिका। चुल्ठीमा बाँधेको रिबन। खुट्टामा लगाएका झंकार चप्पल। कहिल्यै नबिर्सने गरी फोटोमा कैद भएका छन्।
बेलुले गाउँका एकएक क्षण सँगालेकी छ। वर्षको एकपल्ट रामरमिताका लागि किनिदिएको फरियाको त्यस बेला कम्ती माया लाग्थेन। त्यही पाउन पनि मुस्किल हुन्थ्यो। कति पटक त झगुलो लाएर, चुल्ठीमा डोरी बाटेर राम हेर्न गएको सम्झना ताजै छ। गाउँको झल्को मेटिएको छैन्। सम्झनामा बाल्यकाल बिताएको गाउँ आइरहन्छ।
तराई झर्दा तेह्र वर्षकी हुँदी हो। तातो घाम भएको ठाउँमा जान मन थिएन। तैपनि घरपरिवारसँग ऊ पनि सरी। बाटाभरि गाडीमा बान्ता गर्दागर्दै कायल बनाएर पहाडबाट बिहानै हिँडेको बसले रातको आठ बजे टिकापुर पु¥याएको थियो। बेलुलाई एक लोकबाट अर्कै लोकमा आइपुगे जस्तो भएको थियो।
ऊसँगै पढ्ने चन्द्रा उसकी संगी थिई। सँगै स्कुल जान्थे। घाँसदाउरा गर्दा साथ छुट्दैनथ्यो। सँगै गोठाला जान्थे। प्याउली फुल्ने पहाडमा काफल, किरमडा र ऐंसेलु पाक्थे। जाडोसँगै पारिलो घाम लाग्थ्यो।
‘कठै दैन इसा ठौर काँ आयँ हुँ !’ दुःखीत बनेर भनेकी थिई। कहाँ हो कहाँ गाडी हिँडेको बाटो सम्झनामा थिएन। घुम्ती र भीरहरू। खोला, पहाड र वनहरूले फनफनी रिँगटा लगाउँदै दगुराएका थिए।
हपहपी पोल्ने गर्मी। ह्वास्स गनाउने पानी। माटोले पोतेर बनाइएका काठका घर। डोरीले बाँधेका पलङ। कत्ति पनि चित्त बुझेका थिएनन्। उराठ लाग्थ्यो। स्याप, किरा र मच्छरको डरले सताइरहन्थ्यो।
खेतमा ‘आँ आँ र तक् तक्’ गर्दै दिनभरि थरुवाले गोरु र राँगा जोतेर घुमाइरहन्थे। खोला र तलाउमा थरुनीहरू माछा मारीरहेका हुन्थे। बाटमा लडिया हिँडिरहेका देखिन्थे। साइकल दौडिरहेका फराकिला बाटा। समथर फाँटहरू। भरसक्कै काँस उम्रिएर हरिया बनेका खोलाका तीरहरू अलिकति चित्त बुझ्दो थिए। तिनै हेरेर बेलु मन हलुको बनाउँथी।
दश वर्ष अघिको गाउँ उस्तै होला कि ऊ जस्तै बद्लियो होला, बेलाबखत सोचमग्न हुन्थी। त्यो गाउँ, त्यो स्कुल, ती वनपाखा बेलुले भुल्न सकेकी थिइन। गाउँको स्कुलमा सांस्कृतिक कार्यक्रम हुँदा छमछमी नाच्थी। सबैले नाच हेरेर प्रशंसा गर्थे। सरहरूले ‘भविष्य राम्रो छ’ भनेर बधाई दिन्थे। मन खुसीले चंगा हुन्थ्यो। कल्पनापुरमा डुल्न पुग्थी।
ऊसँगै पढ्ने चन्द्रा उसकी संगी थिई। सँगै स्कुल जान्थे। घाँसदाउरा गर्दा साथ छुट्दैनथ्यो। सँगै ग्वालो तथा गोठालो जान्थे। प्याउली फुल्ने पहाडमा काफल, किरमडा र ऐंसेलु पाक्थे। जाडोसँगै पारिलो घाम लाग्थ्यो।
कि रातो गुराँउसी फूल कि रातो रिबन
फेरि फर्की आउन्या हो कि विद्यार्थी जीवन ?
भीरमा घाँस काट्दै चन्द्रा डेउडा सुसेल्थी। बेलु चन्द्रासँग स्वर मिलाउँथी। चन्द्राको बचन बेलुकोभन्दा सुरिलो र मीठो हुन्थ्यो। वनमा लालीगुराँस फुल्थे। चुल्ठीमा गुराँस सिउँरिएर वनभरि गाउँदै, रमाउदै साँझ बेलु र चन्दा घर आउँथे।
ढुंगेधारा पुगेर गाग्रीमा पानी ल्याउने भैसकेकी थिइन् उनी। भीरमा गएर घाँस काट्न सक्ने भएकी थिइन्। गाउँको त्यही वन प्यारो थियो। त्यही स्कुल प्यारो थियो। गाउँकै पानीपँधेरो र गोरुगोरेटा प्यारा थिए। बेलुका लागि चन्द्रा, चन्द्राका लागि बेलु प्यारी थिई।
दुवैले सात कक्षा पास गरे। त्यसै वर्ष बेलु शहर झरी। चन्द्रा गाउँमै रही। समयले दुवैको साथ चटक्क छुटाइदियो। एउटै आकासमा उडान भर्ने चरी एक दक्षिणतिर गई, अर्की उत्तरको पहाडमै रही।
बेलु टिकापुरसँग परिचित हुँदै थिई। बिस्तारै दिन बद्लिदै गए। समय बद्लियो। पहाडबाट बोकेर ल्याएको सबैभन्दा प्रिय वस्तु त्यही फोटो एल्बम थियो। बालापनमा उसले बिताएका केही यादगार पल त्यसैमा थिए। उसले त्यो एल्बमको सम्मार आफू जत्तिकै गरि।
शहरमा त बेलुलाई फेसन गरेको सुहाउथ्यो। कहीं भोजभतेरमा जाँदा लेहंगा लगाउँथी। परीजस्ती देखिन्थी। कहिले कपाल घुम्रेइला बनाउँथी। कहिले हावामा फरफराउने गरी सर्लक्क पार्थी। साडी लगाई भने अचम्मै सुहाउँथ्यो। कुर्ती उस्तै लाग्थ्यो। पाइन्ट र टिसर्ट लगाई भने बिछट्टै राम्री देखिन्थी।
पहिलेको जस्तो बालापन अब बेलुसँग छैन्। तरुनी भैसकी। पहाडका जस्ता दौंतरी पनि छैनन्। ढुंङ्ग्री र कम्पनिमाला लगाउने बज्यैहरू पहाडबाटै परलोक गइसके। अब त नौगेडी र चाप्की लगाउने आमाहरू पनि बूढी भैसके होलान। स्कुल ड्रेस उतै छुट्यो। डोरी, काइयो, काँटा र फरिया उतै छुटे। र राम रमितामा लगाउने झगुलीपनि उतै छुट्यो।
शहरमा त बेलुलाई फेसन गरेको सुहाउथ्यो। कहीँ भोजभतेरमा जाँदा लेहंगा लगाउँथी। परीजस्ती देखिन्थी। कहिले कपाल घुम्रेइला बनाउँथी। कहिले हावामा फरफराउने गरी सर्लक्क पार्थी। साडी लगाई भने अचम्मै सुहाउँथ्यो। कुर्ती उस्तै लाग्थ्यो। पाइन्ट र टिसर्ट लगाई भने बिछट्टै राम्री देखिन्थी।
‘बैंसमै हो लाउनु खानु दिन गएपछि त डाँडामीको घाम होइजाँदो छ मान्स, ऐले त तैंले जे लायपन सुहाउँछ, छोरेट्टी भयाकी छै’, बेलुको जोबन देखेर छिमेकी आमाहरू भनिरहन्थे।
बेलु मक्ख पर्थी। ढल्किँदै मस्किएर हिँड्थी। अरूले छोरेट्टी भैगई भन्दा लाजले नजर झुक्थे। तैपनि मनको अन्तरकुनासम्म बैंसको बतास चल्थ्यो।
गाउँमा छुटेकी चन्द्रासँग त्यसपछि बेलुको भेट कहिल्यै भएन। चन्द्राका लागि शहर भन्नु एकादेश जस्तो बन्यो। न त चन्द्रा शहर आउन सकी, नत बेलु पहाड गई। तर प्रविधिले उनीहरूलाई नजिक बनायो।
कर्नालीको किनार र टिकापुरका रमाइला ठाउँमा कहिलेकाँही खिचेका फोटो बेलुले चन्द्रालाई पठाउँथी। भीरपाखामा घाँसदाउरा गर्दाका फोटो खिचेर चन्द्राले बेलुलाई पठाइदिन्थी। दुवैले मोवाइलमा मनका कुरा गर्थे। फेसबुक चलाउँथे।
जति मीठो डेउडा गाउन सके पनि चन्द्राको स्वर तिनै पहाडका खोच, वन, खोला र डाँडामै हरायो। न धेरै पढ्न सकी, न उसका बाआमा बसाइं सरेर तराईँ झर्न सके। उसका लागि सबै चिज पहाड बन्यो। तिनै चाडपर्व, मेलापातमै जीवनको सुसेली सुसेलिँदै गयो।
बेलु टिकापुर आएपछि जति नाच्थी तिजमा नाच्थी। कहिलेकाहीं अवसर जु¥यो भने क्याम्पसमा हुने कार्यक्रममा रहर पूरा गर्थी। केटाहरू आँखा तन्काईतन्काई हेर्थे। ऊ त्यतिमै सीमित रहि। त्यो भन्दा ठूलो सपना देख्न सकिन। पढाइमै लागिरही।
एकदिन चन्द्राले बेलुको र आफ्नो फोटो जोडेर एउटा नयाँ फोटो बनाई। अर्को पुरानो बाल्यकालको फोटोसँगै फेसबुकमा दुवै फोटो अपलोड गरी।
‘हामी कसा थियौं कसा भयौं’ फोटोको सिरानीमा लेखि। बेलुलाई ट्याग गरी। त्यो स्टाटस र फोटो हेरेर बेलुको मन थामिन सकेन।
त्यो त्यही फोटो थियो, जुन उनीहरूले छुट्टिएको अन्तिम वर्ष खिचेका थिए। जसले बिछोडका यादहरू आँखा अगाडी उभ्याइदिन्थ्यो। त्यही बाल्यकाल, त्यही गाउँ र त्यही परिवेशमा पु¥याइदिन्थ्यो।
नयाँ फोटोमा बेलु टिकापुर पार्कमा फूलहरूका बीचमा लेहंगामा सजिएकी थिई। अनुहारमा धपक्क जून बलेको थियो। कपाल चमचमाई रहेका थिए। ओठमा मुस्कान फैलिएको थियो। चन्द्रा लामो कुर्ती लागाएर आफ्नै आँगनमा उभिएकी थिई। चन्द्राको अनुहारभरि अदृष्य मौनता र लज्जाको बिम्ब फैलिएको थियो।
समय दौडिरह्यो। चन्द्राको विवाह हुने कुरा चल्यो। उसले पहाडका सुखदुःखसँगै जिन्दगी बिताउने सुर गरी। जन्म घर छाडेर जानुपर्ने पक्का भैसकेको थियो। साथी सङ्गीनी र माइतीको मोहजालबाट टाढा हुन एकोहोरो मन बनाउन थाली।
बेलुको मास्टरर्सको रिजल्ट नआउँदै अफिसवाली भएकी थिई। तिलहरी सुहाउने गलामा अफिसको आइडी कार्ड झुण्ड्याएर कालो सडकमा स्कुटी दगुराउँथी। दौडिरहेको स्कुटी हेरिरहूँ लाग्थ्यो। कहिले चारचौतारी त कहिले गुम्बारोडतिर उसका कपाल स्कुटीसँगै फटफटाइरहेका देखिन्थे।
साँझ परेकै थिएन। बेलुका बा घरमा थिएनन्। कर्नालीको पहाडतिर घाम सर्दै थियो। समय अझै बाँकी थियो। बेलुले स्कुटी स्टार्ट गरी। मन चन्चल बनेको थियो। बतास चलिरहेको थियो। धेरैपर पुगेपछि हेलमेटको याद आयो।
बेलुका बाआमा समय मिलाएर देउता पुज्न पहाड जान्थे। ऊ मन भएर पनि बाआमासँग पहाड जान पाउँदैन थिई। उसलाई चमर डुलाउँदै बाजागाजासँगै नाच्ने धामीको नाच हेर्न मन थियो। पहाडका देउताको माया थियो। डेउडा खेल रमाइला लाग्थे। जाँतमा राम हेर्न जाँदा उरन्ठेउला केटाहरूले सिठी बजाउँदै जिस्काएको झझल्को आइरहन्थ्यो।
तर बाआमा पहाड जानेबेला क्याम्पसको पढाइको झमेलो हुन्थ्यो। पढाइले झुलाइरहन्थ्यो। अर्को वर्ष कुर्दाकुर्दै धेरै वर्ष बिते। छुट्टी भएका दिनमा पहाड जाने मेसो मिलेन। तराईकै सुबिधामा जीवनले गति लिन थालेको थियो। बिस्तारै पहाड सम्झिए जस्तो सहज लाग्न छोड्यो। सौंराईका किस्साहरू मनमा सजाएर मिठो अतीतलाई हृदयमा सँगाल्नु मात्रै बाँकी रह्यो।
‘तँ मेरो बिहेमा पहाड नआयपछि म दुःख मान्ने हुँ, जसरी पनि आयई’ एकदिन बेलुलाई चन्द्राले फोन गरेर निम्तो दिएकी थिई।
‘तँ ढुक्क भैराख तेरो बिहेमा म जसरी पनि आउँला’, बेलुले बचन दिएकी थिई।
मंसिरको महिना लाग्यो। पहाडमा जाडो हुन थाल्यो। बाँझ, फलाँट र गुराँसका बोटहरूले चिसो हावा फ्याँक्न थाले। हिमालका चुलीहरू हिउँले भरिएका थिए। चन्द्राको बेहुली बन्ने दिन नजिक आइसकेको थियो।
सधंै अफिसको काममा व्यस्त भैरहने बेलुलाई कति छिटै पहाड पुगौंला भैसकेको थियो। बाँचेको जिन्दगीको एक हिस्सा उतै बितेको थियो। कलिलो बालापन उतै हराएको थियो। उसलाई पहाडका डाँडाखोलाहरूको माया थियो। सित पर्ने रातमा टहटह जून लागेको आकाश हेर्नु थियो। दिनभर एकनासको घाम लाग्ने गाउँ आँखामा झलझली घुम्न थाल्यो।
बेलुको मनमा बेचैनी चल्न थाल्यो। ऊ छिटै पहाड जाने दिनको टुंगो लगाउन चाहन्थी। घरबाट पहाड जाने अनुमती चाहन्थी। केही समय शान्त गाउँहरूमा उसलाई डुल्नु थियो। वनपाखामा चराको गीत सुन्दै डेउडा सुसेल्नु थियो।
बेलु छाँगाबाट खसि। छिनमै आँखाबाट बर्र आँसु झरे। ओठ थरथराए। मनमा भक्कानो फुट्यो। एकछिन अगाडि गुराँस जस्तै धपक्क बनेको अनुहार बत्ती निभे जसरी अँध्यारो बन्यो। ऊ काहेल बनी। मनमा उर्लिरहेका रहरका पर्खालहरू गल्र्यामगुर्लुम्म ढले।
‘चन्द्राको बिहे हुँदैछ म पहाड जान्छु’, घरमा आमालाई भनी।
‘तैले सोचेजसो सजिलो छैन, पहाडका उकाला चढ्न सक्ने है?’ आमाले भनिन्।
‘गाडी जान्छन त’, बेलुले भनी।
‘गाडी हिँड्ने बाटा त नेताले खाइसके। भीर खनेर पासो थापेका छन्। एक बाटो पनि गतिलो छैनन्। ठाउँठाउँमा पहाडका चिराचिरा भैगया। तेरो त सातो गैजाने हो।’, आमाले भनिन्।
‘यसपालि त म जसरी पनि पहाड जान्छु।’, बेलुले आमासँग जिद्धी गरी।
‘तेसो भए तेरा बासँग सल्लाह गर’, आमाले कुरा बातिर सारिदिइन्।
साँझ परेकै थिएन। बेलुका बा घरमा थिएनन्। कर्नालीको पहाडतिर घाम सर्दै थियो। समय अझै बाँकी थियो। बेलुले स्कुटी स्टार्ट गरी। मन चन्चल बनेको थियो। बतास चलिरहेको थियो। धेरैपर पुगेपछि हेलमेटको याद आयो।
‘पुलिसले समाय समात्ला’ मनले यसै भन्यो। कपाल उड्दै थिए। विन्दास बनेर घुम्न थाली।
शहरलाई एक फन्को लगाउँदासम्म उसका बा घर पुगिसकेका थिए। बाले पहाड जाने कुरामा किन नाई भन्लान। ऊ विश्स्त बनेकी थिई। स्कुटी पार्किङ गरेर भान्सामा पसि। आमा भान्सामा थिइनन्। बा र आमा उसकै कोठामा गएर बसेका थिए। मनको कुरा बालाई भन्न हतारिदै कोठामा गई।
‘बेलु’, बाले मधुरो स्वरमा बोलाए।
‘हजुर’, बेलु आफ्नो बिछ्यौनामा बसी।
‘भोलि तँलाई हेर्न मान्छे आउँदैछन्। कुराको टुंगो लगाएर छिटै बिहे गर्नुपर्छ है?’, बाले भने।
बेलु छाँगाबाट खसी। छिनमै आँखाबाट बर्र आँसु झरे। ओठ थरथराए। मनमा भक्कानो फुट्यो। एकछिन अगाडि गुराँस जस्तै धपक्क बनेको अनुहार बत्ती निभे जसरी अँध्यारो बन्यो। ऊ काहेल बनी। मनमा उर्लिरहेका रहरका पर्खालहरू गल्र्यामगुर्लुम्म ढले।
‘तैले नै भनेकी हैनस् तपाईले खोजेको केटासँग बिहे गर्न मन्जुर छु? पहिला केटो हेर कसो मन नपर्ला ?’, बाले यत्ति कुरो सुनाएर कोठाबाट निस्किए।
अब उसका आँखा अगाडि पहाडको सेरोफेरो रहेन। चन्द्रालाई दश वर्षपछि भेट्ने धोको उसै म-यो। शान्त गाउँ र गुराँस फुल्ने पाखा बिराना बने। चन्द्रालाई आउँछु भनेको बचन उसले हारी। रुँदारुँदै सिरानी निथ्रुक्क भिज्यो। पहाड जाउँला सोचेकै दिन आफ्नै जीवनको निर्णय गर्नेपर्ने समय आँखा अगाडि आइपुग्यो। गालामा बग्दै गरेको आँशु हत्केलाले पुछी झ्यालको पर्दा खोली। चुरेका अग्ला डाँडामा साँझको घाम अझै बाँकी थियो।
दराजबाट फोटो एल्बम निकाली। एल्बम सुम्सुम्याउदै बेरसम्म चुरेको घाम हेर्दै बेलु टोलाइरही।
प्रकाशित: ३१ श्रावण २०७७ ०८:३८ शनिबार