कला

पत्रकारकी श्रीमती

लघुकथा

आचार्य प्रभा

न्यायधिशले कमलालाई आफूसँग भएको सबुत प्रमाण देखाउ भनेर आदेश दिए। उसले  मोबाइल अन गरेर त्यही म्यासेज देखाई । जुन यस्तो थियो – प्रमोद म तिमीलाई अत्ति प्रेम गर्छु।

त्यो म्यासेज हेरेर न्यायधीशले अशोकतिर हेर्दै भने, ‘के यो म्यासेज साँचो हो ? नाम बद्लेर प्रेमिल कुराकानी गर्दा रैछौ ।’

अशोकले छक्क पर्दै म्यासेज हेरेर भने, ‘श्रीमानज्यू , हो यो म्यासेज मलाई आएकै हो।’

‘अनि यति प्रमाण हुँदाहुँदै पनि मेरो कुनै केटीसँग लसपस छैन भनेर अदालतमा ढाँट्छौ ?’ न्यायधीश कड्किए।

न्यायाधीशको कुरा सुनेर कमला फत्फताउँन थाली, ‘अझ नाम पनि पो बद्लिएको छ प्रमोद भनेर। को हो त्यो प्रेमा भन्ने नकचरी  । त्यसरी म्यासेज पठाउने श्रीमान् म यस्तो लोग्नेसँग बस्न चाहँन्न। मलाई डिभोर्स नै चाहिन्छ।’

अशोक किंकर्तव्यविमूढ बन्यो र न्यायाधीशलाई आफ्नो कुरा सुन्न आग्रह गर्यो, ‘श्रीमान् म एक पत्रकार हुँ। म पत्रिकामा सम्पादनको काम पनि गर्छु। मलाई विभिन्न लेखकहरूका रचनाहरू आउने गर्छन्। ईमेलमा र म्यासेन्जरमा। हो यस्तै रचना आउने क्रममै मलाई लेखिका प्रेमा दिज्यूको कथा आएको थियो। त्यो कथामा बीचको एक लाइन वाक्य छुट्टिन गएकोले मलाई वहाँले सजिलोका लागि म्यासेन्जरमा त्यो वाक्य पठाउनु भाुको रहेछ।म त्यो कथा  अतृप्त प्रेम पनि यहाँलाई देखाउन सक्छु  भनेर उनले सर्र त्यो कथा पूरै देखाए अशोकले।

कमला लगायत सब मौन भएर अशोकलाई हेरिरहेका थिए।

न्यायाधीश पनि स्तब्ध बन्यो र समय सकेको आव्हान गरेर उक्त स्थानबाट उठ्यो।

त्यहाँ खासाक्खुसुक कुरा चलिरहेको थियो। हैट कुरै नबुझी हामीले ज्वाईंलाई गाली गरेछौं।अदालतसम्म आउनु हाम्रो गल्ती भयो। यो कल्पनाले पनि आफ्नो लोग्नेको पेशा जानीजानी शंका गर्न नहुने।’

उनीहरूको कुरा सुनेर अशोकले भने, ‘केही छैन मैले विश्वास गरेर स्वास्नीलाई सबथोक खुला छाडिदिनु मेरै गल्ती हो। उसलाई के थाहा मेरो पेशा उसलाई त बस् ।  त्यही फेस्बुक म्यासेन्जरमा च्याट गर्नबाहेक के आउँछ र । कहिलेकाहीँ   उन्ले मेरै म्यासेन्जरबाट शंका गरेर कतिजनालाई मै भएर गाली  गरेकी छिन्। मैले धेरैपटक कतिको अपमान सहनु परेको छ। खै पत्रकारका श्रीमतीहरू सबै यस्तै हुन्छन् कि ? अरुकाले त बुझ्छ्न् ।  यति भनेर अशोक बाहिर निस्क्यो।कमला र माइती खलक मौन बनेर त्यहीँ घोरिइरहेका थिए।  

प्रकाशित: ३० श्रावण २०७७ ०५:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App