कला

घाटभन्दा पर जाने ठाउँ कहाँ होला ?

गजल

गजल

घाटभन्दा पर जाने ठाउँ कहाँ होला ?  

शोकरहित सोचजस्तै गाउँ कहाँ होला ?

 

कस्तो मीठो बोली थियो आत्मीयपन गाढा,

सधैंजस्तै सम्झी भेट्न जाऊँ कहाँ होला ?

 

बाटाहुँदि जताततै सिस्नेरी, काँडाघारी,

संकटको जँघार तार्ने नाउ कहाँ होला ?

कति बेला के हुन्छ बल्झिरहन्छ जीवन,

मलमपट्टी गरिदिने माउ कहाँ होला ?  

              –२०७६, साउन ३०

( पत्रकार बलराम बानियाँमा समर्पित ।)

प्रकाशित: ३० श्रावण २०७७ ०४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App