कला

अस्मिता र नबिनको ‘फुल बुट्टे सारी’

निर्देशक कृष्ण पौडेलको निर्देशनमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका अस्मिता अधिकारी र नबिन कार्कीको स्वर रहेको ‘फुल बुट्टे चोली’ बोलको डान्सिङ गीत सार्वजनिक भएको हो ।

मिरा देवी राईको शब्द तथा नबिन कार्कीको संगीत रहेको गीतको भिडियोमा प्रविन थापाको कोरियोग्राफी रहेको छ भने युवराज खत्रीले छायांकन तथा सम्पादन गरेका छन् । 

गीतका एरेन्जर सुमन केसी हुन् । गीत रचना रिमाल नामक युटुब च्यानलमा हेर्न सकिन्छ । सार्वजनिक भिडियोमा डा. मनिशा केसी र प्रबिण थापाको अभिनय रहेको छ ।

प्रकाशित: २२ श्रावण २०७७ १९:०२ बिहीबार

म्युजिक भिडियो ‘फुल बुट्टे सारी’