कला

शिखा र सुश्रीमको अमेरिकामा तीज

शिक्षक (कुशल)– हे पोहोर साल पुरस्कार खानीको

                        यो साल पढाइ कस्तो छ नानीको ।  

विद्यार्थी (शान्तीश्री)–  पोहोर साल पढेकी थिएँ

                                यो साल मैले स्कुलै बिर्सिएँ ।

हिन्दू महिलाको चाड तीज जति नजिकिदै छ, यससम्बन्धी गीतसंगीत पनि त्यति नै घन्किरहेका छन् । हालको यस्तो कोरोना महामारीको अवस्थामा पनि सयौको संख्यामा तीज गीतका भिडियो हामी हेर्न र सुन्न पाइरहेका छौ । तर धेरै गीतहरूमा मौलिकता हराएका छन् । अश्लील शब्द र दृश्यले गीतको लोकप्रियता बढाउन पनि खोजिएका छन् । तर कतिपय गीतहरु भने मौलिकता सँगसँगै समाजिक विषयवस्तुलाई ध्यानमा राखेर बनाइएका छन् । यसै क्रममा शिक्षक र विद्याथीलाई कोरोनाको कारण स्कुल नचल्दा परेको मनोवैज्ञानिक प्रभावलाई  दुई वर्षदेखि अमेरिका बस्दै आएका पार्वती भट्टराई र सिर्जना ज्ञवालीले आफ्ना  नानीहरूका लागि म्युजिक भिडियो निर्माण गरेका छन् । 

कुशल बेल्वासेको शब्द अनि संगीतमा शान्तीश्री परियार र कुशल बेल्वासेको स्वर रहेको ‘पोहोर साल बोल’को  गीत एडी फिल्मस युटुव च्यानलबाट सार्वजनिक भएको छ । सुश्रीम  आचार्य, केदार आचार्य अनि शिखा केसीको अभिनय रहेको उक्त गीतलाई सुमन सागर जङ्ग केसीले निर्देशन गरेका छन् । निर्देशक तथा कोरियोग्राफर सुमन भन्छन्, ‘सुश्रीम र शिखाले अमेरिकामा स्कुलको विदाको बेला कोरोनाको कारण नृत्य सिक्न नपाएको अवस्थामा उनीहरूका अभिभावकले नेपालबाट अनलाइनमार्फत नृत्य सिकाउन अनुरोध गरेपछि सिकाउने क्रममा उनीहरूको प्रतिभालाई चिनेर अभिनय तथा नृत्य गराएको बताए । विश्वास नेपालको म्युजिक एरेन्ज, मोहन केसीको छायांकन तथा सुरेश राउतको सम्पादन रहेको उक्त गीतको दृश्य निर्माण टेक्सास फोटो तथा भिडियो सर्भिसले गरेकोे छ ।  

प्रकाशित: २२ श्रावण २०७७ १०:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App