कला

तीज गीत ‘शितलु’ सार्वजनिक

हिन्दु नेपाली नारीहरुको बिशेष पर्व हरितालिकाको अवसर पारेर नेपाली कलाकारहरुले तीजका गीतहरु बजारमा ल्याउन थालेका छन् । लोक तथा दोहोरी गीतमा काम गर्ने कलाकारहरूका भिडियो छायाङ्कनदेखि स्टेज कार्यक्रमसम्म भ्याई नभ्याई नै हुन्छ । 

यतिबेला बजारमा शितल शर्मा र प्रकाश पराजुलीको स्वरमा रहेको ‘शितलु’ बोलको तीज गीत सार्वजनिक भएको छ । गीतको शब्द चर्चित सर्जक नबराज पन्तले गरेका हुन भने संगीत प्रकाश पराजुलीकै रहेको छ । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट देखिन्छन, मार्मिक कथा बस्तुलाई समेटेर गीतको भिडियो तयार पारिएको छ । भिडियो निर्देशन मौसम हिमालीले गरेका छन् । 

भिडियोमा गरिमा शर्मा, निरु खड्का, शितल शर्मा, प्रकाश पराजुली, रबिन लामिछाने लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित: ५ श्रावण २०७७ ०५:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App