कला

काभ्रेको अनैकोटमा बृहत सांस्कृतिक कार्यक्रम हुँदै

काभ्रे - काभ्रेको पाँचखालमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ। नगरपालिकाको वडा नम्बर १स्थित अनैकोट भ्यु टावरमा माघ २४ गते  साेनाम ल्होछारको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम हुने आयोजक नेपाल तामाङ घेदुङ मुल समारोह समितीका अध्यक्ष कुलमान तामाङले जानकारी दिए।

उनकाअनुसार कार्यक्रमकाे सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्काटाले उद्घाटन गर्नेछन्। कार्यक्रममा राष्ट्रियदेखि विभिन्न स्थानीय कलाकारको समेत प्रस्तुति रहने अध्यक्ष तामाङले बताए। सोनाम ल्होछार तामाङ जातिले नयाँ वर्षको रुपमा मनाउने मौलिक पर्व हो।

प्रकाशित: २१ माघ २०७६ १०:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App