कला

कोलकातामा ‘करेसा कन्सर्ट’ मन

काठमाडौं – नेपाली बालनाटक ‘करेसा कन्सर्ट’ को पहिलो मञ्चन भारतको कोलकाता अन्तर्राष्ट्रिय बालनाटक महोत्सवमा भएको छ। बुधबार कोलकतास्थित इन्टर्न जोनल कल्चरल सेन्टरको पूर्वसी अडोटोरियममा नेपाली बालनाटक ‘करेसा कन्सर्ट’ मञ्चन भएको थियो।

महोत्सवमा ११ देशका १७ नाटक टोलीले सहभागिता जनाएका थिए। नेपालसँगै रसिया, इरान र श्रीलंकाको नाटक मञ्चन भएको थियो। राराहिल स्कुलको प्रस्तुति र थिएटर मल नेपालको थिएटर सेन्टर फर चिल्ड्रेनले संयोजनमा तयार भएको नाटकलाई रंगकर्मी केदार श्रेष्ठले निर्देशन गरेका हुन्।

महोत्सवमा चीन, मेक्सिको, मलेसिया, हंगेरी, बंगलादेश, प्यालेस्टाइन, भारतका नाटकहरु समेत सहभागी छन्। राराहिल स्कुलका विद्यार्थीहरुले ‘करेसा कन्सर्ट’ मा अभिनय गरेका थिए। नाटकमा विभिन्न पात्रहरुमार्फत् तरकारीको महत्व र विशेषतालाई नाटकीकरण गर्दै मानव स्वास्थ्यमा त्यसको लागि आवश्यकता उल्लेख गरिएको थियो।

नाटकमा नसना महर्जन, सविना सेन, सुधा खनाल, मञ्जु महर्जन, कविना रोक्का, ओसिन राई, सुधा खनाल, सुजाता भट्ट र लकस महर्जनले अभिनय गरेका थिए। रंगकर्मी सञ्जिता पराजुलीले नाटकमा कोरियोग्राफी गरेको थिइन्।

‘५ देखि १५ वर्ष समूहका बालबालिकालागि लक्षित गरेर यो नाटक तयार पारिएका हो। अरु देशको तुलनामा नेपालमा बाल रंगमञ्चको अभाव छ। बालबालिका पहिलो प्राथमिकतामा रहने समाज उन्नत र समृद्ध हुने विश्वासका साथ थिएटर मलले बाल रंगमञ्चलाई प्रोत्साहन गरिरहेको छ,’ निर्देशक केदार श्रेष्ठले भने।

प्रकाशित: २७ मंसिर २०७६ ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App