कला

दीपिका र कार्तिकको डान्स भाइरल

मुम्बई – बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता कार्तिक आर्यनले डान्स गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। अभिनेत्री पादुकोणलाई अभिनेता आर्यनले ‘धिमे धिमे’ गीतमा डान्स सिकाएको भिडियो केही दिनअघिमात्र सामाजिक सञ्जालमा आएको थियो।

अभिनेत्री पादुकोणले सामाजिक सञ्जाल इन्स्टाग्रामको स्टोरीमार्फत् सो भिडियो पोस्ट गरेकी थिइन्। सो गीतको भिडियोमा उनले अभिनेता आर्यनलाई डान्स सिकाउन आग्रह गरेकी थिइन्। सो डान्सको भिडियो पोस्ट गर्दै उनले लेखेकी थिइन्, ‘कार्तिक ! के तिमी मलाई धिमे धिमे गीतको डान्स सिकाउँछौ ? मलाई धिमे धिमे प्रतिष्पर्धामा सहभागी हुनु मन छ।’

मुम्बईस्थित अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडी खिचिएको सो भिडियोमा अभिनेता आर्यनको नयाँ फिल्म ‘पति पत्नी और वो’ फिल्मको ‘धिमे धिमे’ गीतको बजाइएको थियो। ‘पति पत्नी और वो’ फिल्ममा अभिनेत्री अनन्या पाण्डे, कार्तिक आर्यन र भूमि पेड्नेकरले अभिनय गरेका छन्।

अभिनेत्री पादुकोण पछिल्लो समय कुनै फिल्ममा देखिएकी छैनन्। ‘भोग इन्डिया’ म्यागेजिनले सोधेको प्रश्न, ‘यौन दुव्र्यवहारको आरोप लागेकासँग काम गर्दै हुनुहुन्छ ?’, को जवाफ दिँदै उनले भनिन्, ‘होइन्। म गर्दिन्।’ उनको यो जवाफले फ्यानहरू खुसी भएका छन्। यसअघि उनीविरुद्धको ‘नटमाईदीपिका’ ह्यासट्याग टेन्डिङमा परेको थियो।

प्रकाशित: १७ मंसिर २०७६ ०३:२५ मंगलबार

दीपिका_पादुकोण कार्तिक_आर्यन डान्स