कला

राष्ट्रकविलाई मदन–शीला सम्मान

काठमाडौं – राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई यस वर्षको मदन शिला स्रष्टा सम्मान प्रदान गरिने भएको छ। बुधबार बसेको मदन शिला प्रतिष्ठानको बैठकले राष्ट्रकवि घिमिरेलाई एक लाख रुपैयाँसहित सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो।

प्रतिष्ठानले मदन शिला साहित्यिक पत्रकारिता सम्मान साहित्यिक पत्रिका दियालो नेपाली साहित्यिक सम्मेलन दार्जिलिङ, भारत र उन्नयन त्रैमासिकका प्रधानसम्पादक अच्युतरमन अधिकारीलाई प्रदान गरिने भएको छ। दुवैलाई ५०  हजार पाँच सय रुपैयाँसहितको सम्मान प्रदान गरिनेछ।

मदन शिला प्रतिष्ठानका सदस्य–सचिव मणिदेव भट्टराईका अनुसार यसअघि सो सम्मान स्वर्गीय प्रेमा शाह, किरण खरेल, बालकृष्ण पोखरेल, रोचक घिमिरे र नगेन्द्रराज शर्मालगायत स्रष्टाहरूलाई प्रदान गरिसकिएको छ। प्रतिष्ठानले नेपाली साहित्यको क्षेत्रमा योगदान पु¥याउँदै आएका स्रष्टालाई सो सम्मान प्रदान गर्दै आएको छ।

प्रकाशित: १९ भाद्र २०७६ ०४:४६ बिहीबार

राष्ट्रकवि माधवप्रसाद_घिमिरे सम्मान