कला

जनजाति फिल्म अवार्ड थाइल्यान्डमा हुँदै

काठमाडौं – हुकुम मल्टिमिडियाले ‘ज्योमो गङ फिल्मस् एन्ड म्युजिक अवार्ड’ को आयोजना हुने भएको छ। आगामी भदौ ७ मा थाइल्यान्डको पटायामा आयोजना हुन लागेको कार्यक्रममा आदिवासी जनजातिमा आधारित फिल्म, डकुमेन्ट्री र म्युजिक भिडियोलाई अवार्ड दिइनेछ।

हुकुम मिडियाका अध्यक्ष डिबी बम्जनका अनुसार फिल्मका १६  र म्युजिक भिडियोका ११ विधामा अवार्ड प्रदान गरिनेछ। ‘विसं २०७३ देखि ०७५ सालसम्म निर्माण भएका फिल्म र म्युजिक भिडियोहरु मध्येबाट उत्कृष्टहरुलाई अवार्ड प्रदान गरिनेछ।  अवार्डका लागि आवेदन खुला गरिएको छ। पहिलो पटक आयोजना हुन लागेको कार्यक्रम थाइल्यान्डमा हुँदैछ,’ उनले भने।

सो कार्यक्रम आयोजना गर्न चलचित्र प्राविधिक संघले गर्दै आएको नेफ्टा अवार्डको मिति घोषणा चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले गरेका थिए।

 

प्रकाशित: १ श्रावण २०७६ ०५:५९ बुधबार

हुकुम_मल्टिमिडिया ज्योमो_गङ_फिल्मस्_एन्ड_म्युजिक_अवार्ड जनजाति_फिल्म_अवार्ड