कला

पाण्डेलाई दुर्गाबाबु स्मृति संगीत पुरस्कार

काठमाडौं  – यस वर्षको दुर्गाबाबु स्मृति संगीत पुरस्कार साइजित पाण्डेलाई प्रदान गरिएको छ। मंगलबार सशस्त्र प्रहरी बल हल्चोकमा आयोजित संघको १८ औं वार्षिकोत्सवको अवसरमा संघकी अध्यक्ष सरिता कँणेल खनालले सो पुरस्कार प्रदान गरेकी थिइन्।

सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठकको स्मृतिमा स्थापित सो पुरस्कार सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिक उत्सवको अवसर पारेर प्रत्येक वर्ष प्रदान गरिने संगीत पुरस्कार नेपाल एपीएफ स्कुलमा अध्ययनरत छात्र पाण्डेलाई प्रदान गरिएको जानकारी सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले गराए।

‘विसं. २०७२ चैत २८ मा धादिङको मलेखुमा सडक दुर्घटनामा परेर निधनका सशस्त्र प्रहरी निरीक्षक दुर्गाबाबु पाठकको संगीत कलालाई जीवन्त राख्न दुर्गाबाबु संगीत स्मृति कोषमार्फत पुस्कार प्रदान गर्दै आएका छौं,’उनले भने, ‘संगीतमा रूचि राख्ने उनको दुई वटा एल्बम बजारमा आइसकेका छन्।’
 

प्रकाशित: १९ असार २०७६ ०२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App