कला

नेपाल–अमेरिका फिल्म फेस्टिभल सुरु

काठमाडौं – नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव – २०१९ सुरु भएको छ। शनिबार अमेरिकाको राजधानी वासिङ्टन डिसीमा सुरु भएको महोत्सवमा ३४ वटा फिल्महरू प्रदर्शन हुनेछन्। महोत्वमा नेपाली पानोरामाअन्तर्गत नेपाल र नेपाली परिवेशमा बनेका नेपाली तथा विदेशी निर्देशकका फिल्महरू देखाइनेछन्।

त्यस्तै अन्र्तराष्ट्रिय पानोरामाअन्तर्गत उत्कृष्ट अन्तर्राष्ट्रिय कथानक फिल्म, वृत्तचित्र, लघु फिल्म र एनिमेसन विधाका फिल्म देखाइने जानकारी महोत्सवका निर्देशक पूर्णसिंह बराइलीले गराएका थिए।

महोत्सवमा निर्देशक विनोद पौडेलले निर्देशन गरेको फिल्म ‘बुलबुल’ प्रिमियर गरिएको थियो। तीन दिन सम्म चल्ने महोत्सवमा प्रविन सेङ्बोको ‘कथा ७२’ को विषेश प्रदर्शनसँगै समापन गरिनेछ।  त्यस्तै निर्देशक नविन सुब्बाले महोत्सवमा नेपाली समाजलाई फिल्ममार्फत कसरी जोड्ने भन्ने विषयमा छलफल गर्नेछन्।

नेपाल अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको महोत्सवमा निर्देशक मीनबहादुर भाम, रेबेका बुस्टामिना र  मिमि मचाडो लुसेस् निर्णायक रहेका छन्।

प्रकाशित: १६ असार २०७६ ०३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App