कला

कपिल शर्मा शोमा फर्कंदै सिद्धु पाजी !

चर्चित भारतीय रियालिटी कपिल शर्मा कमेडी सोबाट निकालिएका ‘सिद्धु पाजी’ अर्थात् भारतीय कांग्रेस नेता तथा पन्जाव सरकारका मन्त्री नवजोत सिंह सिद्धुको कम ब्याक हुने भएको छ।

काश्मिरको पुलवामा भएको आतंककारी हमलाको विषयमाथि सिद्धुले गरेको टिप्पणीका कारण उनलाई कार्यक्रमबाट निकालिएको थियो।

खबरका अनुसार सो की एक अर्की अर्चना परुन सिंहसँगको सोको सम्झौता सकिन लागेको छ। र उनको सम्झौता नवीकरण नगर्ने कार्यक्रमले जनाएको छ। अर्चनासँगकाे सम्झौताअवधि २० सोलाई मात्र गरिएको बताइएको थियो। तर उनले त्यसभन्दा बढी एपिसोड गरिसकेकी छन्। अब उनको स्थानमा सिद्धु आउनेछन्। कपिल र उनको पूरै टिम सिद्धुलाई ल्याउन हरतरहले कोसिसमा जुटेको छ।

यस वर्षको लोकसभा चुनावमा उम्मेदवारी दिएका सिद्धु भने चुनाव प्रचारप्रसारमा व्यस्त छन्। चुनाव सकिएलगत्तै सिद्धुलाई भित्र्याइने तयारी थालिएको कपिल शर्मा टिमले बताएको छ। कपिल शर्मा र उनको टिमले सिद्धुसँग गरेको सम्झौता अवधि अझै बाँकी छ।

सिद्धुलाई आफ्नो टिममा लागिपरेका कपिल शर्मा उनको चुनाव प्रचार प्रसारमा सहभागी भएका छन्।

प्रकाशित: २५ वैशाख २०७६ १२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App