कला

‘माया बस्यो लै लै’को कभर भिडियोे बनाउनेलाई २ लाख र टिकटकलाई ५० हजार

काठमाडौं– पछिल्लो समय थारु कलाकारहरु नेपाली संगीततर्फ आकर्षित हुने क्रम बढ्दो छ। यस्तैमा थुप्रै थारु गीत गाइसकेका गायक नरेश जोगीले नयाँ नेपाली डान्सिङ नम्बर सार्वजनिक गरेका छन्। ‘माया बस्यो लै लै’ बोलको गीत सार्वजनिक गरेका छन्। गीतमा गायिका शिक्षा ढुंगेलको समेत स्वर छ। 

नरेश स्वयम्को शब्द र संगीत रहेको गीतमा विशाल निरौलाको म्युजिक एरेन्ज छ। गीतको भिडियोमा नेपाली ठिटोजको डान्स क्रुसहित भारतको चर्चित रियोलिटी शो डान्स इन्डिया डान्सबाट चम्किएका नेपालीभाषी सुनिल क्षेत्री र पहिलो बुगीवुगी डान्स प्रतियोगिताकी विजेता कविता नेपालीको रोमान्टिक नृत्य छ। 

ज्ञानेन्द्र शर्माले खिचेको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ। निश्चल केसीले कोरियोग्राफी गरेको गीतको भिडियो निर्देशन शिशिर केसीले गरेका छन्। 

यसैगरी यो गीतको निर्माण समूहले भिडियो सार्वजनिकसँगै यो गीतमाथि उत्कष्ट कभर भिडियो बनाउने दुईजना र उत्कृष्ट टिकटक भिडियो बनाउने एकजनालाई पुरस्कृत गर्ने समेत निर्णय गरेको छ। उत्कृष्ट भिडियो बनाउनेमध्ये पहिलोलाई दुई लाख रुपैयाँ र दोश्रोलाई एक लाख रुपैयाँ दिइने गायक नरेश जोगीले बताए। जोगीका अनुसार उत्कृष्ट टिकटक भिडियो बनाउने एकजनालाई ५० हजार रुपैयाँ नगद पुरस्कार समेत दिइने छ। ‘यो कभर भिडियोका सौखिन र टिकटकप्रेमीहरुका लागि सुःखद अवसर हा,’ उनले भने। भिडियो जुलाई १५ सम्म पठाइसक्नुपर्ने युट्युबमै उल्लेख छ। 

 

प्रकाशित: १ चैत्र २०७५ १४:१० शुक्रबार

माया_बस्यो_लै_लै गीत नरेश_जोगी कभर_भिडियोे टिकटक