कला

पूर्व प्रहरी महानिरिक्षक खरेलको आत्मकथा विमोचित

काठमाडौं - पूर्व प्रहरी महानिरिक्षक अच्यूतकृष्ण खरेलको आत्मकथा शनिवार बिमोचन गरिएकाे छ। आत्मकथाकाे एक कार्यक्रमकाबीच पूर्व राष्ट्रपति रामवरण यादव तथा अमर प्रहरी परिवारकी श्रीमती बिन्दा अधिकारीलाई हस्तान्तरण गर्दै गरिएकाे हाे। 

प्रदर्शनीमार्ग स्थित नेपाल प्रहरी क्लबमा आयोजित समारोहमा विमोचन अघि खरेलले राजनीतिशास्त्री हरि शर्मासँग संवाद गर्दै पुस्तक लेख्नुपर्नाको कारण खुलाएका थिए। ‘जनमतसंग्रह, २०४६ सालको जनआन्दोलन र माओवादी द्वन्द्व नेपाली इतिहासकै महत्वपूर्ण घटना हुन् जसमा म प्रहरी अधिकृतका रुपमा सक्रिय रहेँ,’ संवादमा खरेलले भने, ‘यी ऐतिहासिक घटनामा मैले देखे–भोगेका तथ्यहरुलाई इमान्दारिपूर्वक सबैका सामू पेश गरेको हुँ।’

पुस्तकको सुरुवातै माओवादीको दुनै आक्रमणबाट भएको छ जसका कारण खरेलले प्रहरी प्रमुखबाट राजीनामा दिनुपरेको थियो। त्यसअघि पनि उनी दोश्रोपटक आइजीपी नियुक्त गरिएका थिए। ‘नेपाल प्रहरीको इतिहासमै दुइपटक आइजीपी हुने एक्लो ब्यक्ति पनि म मात्रै हुँ,’ खरेलले भने, ‘यो सब किन र कसरी भएको थियो भन्ने यथार्थ विवरण नराखिदिँदा अरु कसैले गलत ब्याख्या नगरिदिउन् भन्ने हिसाबले पनि किताब लेखेको हुँ।’ 

मुलुकमा खुलापनसँगै विभिन्न संगठनहरुमा भएका राजनीतिकरणले गर्दा ती संगठनहरु ‘प्यारालाइज’ हुँदै गएको समेत उनले बताए। पछिल्लो समय संगठनमा आफूभन्दा व्यावसायिक र तालिमयुक्त अधिकृतहरु हुँदाहुँदै पनि अधिक राजनीतिकरणकै चपेटामा परेर संगठनको कार्यक्षमतामै प्रश्न चिन्ह उठ्दै गएको उनले प्रष्ट पारे।

मुलुकमा खुलापनसँगै विभिन्न संगठनहरुमा भएका राजनीतिकरणले गर्दा ती संगठनहरु ‘प्यारालाइज’ हुँदै गएको समेत उनले बताए। पछिल्लो समय संगठनमा आफूभन्दा व्यावसायिक र तालिमयुक्त अधिकृतहरु हुँदाहुँदै पनि अधिक राजनीतिकरणकै चपेटामा परेर संगठनको कार्यक्षमतामै प्रश्न चिन्ह उठ्दै गएको उनले प्रष्ट पारे। आफू सक्रिय रहेको कालखण्डमा मुलुकले भोगेका घटनाहरुको बास्तविकताले सदैव उकुसमुकुस बनाएको र यो पुस्तक सार्वजनिक गरेपछि बल्ल आफूले हल्का महशुस गरेको उनले बताए। ‘पुस्तकमा यथार्थ राख्न खोज्दा कतिपयलाई नमिठो लाग्ने सन्दर्भ आएको हुनसक्छ,’ खरेलले भने, ‘मुलुक र संगठनले भोगेका घटना दर्शाउँदै आगामी पुस्तालाई सजग बनाउन इमान्दार हुनुपरेको हो।’ आफ्नो कसैप्रति पनि आग्रह वा पूर्वाग्रह नरहेको समेत उनले प्रष्ट पारे। खरेल कुनै समय नेपालको राष्ट्रिय फुटबल टोलीका कप्तान समेत रहेका थिए।

कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति यादवले मुलुकको महत्वपूर्ण घटनाक्रमका साक्षी खरेलको अनुभव नयाँ पुस्ताका नेपालीहरुको निम्ति उपयोगी हुने बताए।

पुस्तकलार्इ पब्लिकेशन्स नेपालयले बजारमा ल्याएकाे हाे। पुस्तककाे पातलो गाताको मूल्य ६६५ रुपैयाँ र मोटो गाताको मूल्य ९९५ राखिएको छ। पुस्तक www.publicationnepalaya.com मार्फत समेत अर्डर गर्न सकिने पब्लिकेशन्सले जनाएकाे छ।

प्रकाशित: २० आश्विन २०७५ १२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App