कला

चन्दा गिरी ‘मिसेज नेपाल’

काठमाडौं – विवाहित महिलाबीच राजधानीमा आयोजित सौन्दर्य प्रतियोगितामा सर्लाहीकी चन्दा थापा गिरीले मिसेस नेपाल इन्टरनेसनलको ताज चुमेकी छिन् । ३४ जना प्रतिस्पर्धी महिलालाई उछिन्दै उपाधि जितेकी गिरी  मिसेस ट्यालेन्ट र बेस्ट र्याम्प वाकको उपाधि विजेतासमेत भएकी छिन्। 

चन्दाले प्रमुख उपाधिसँगै स्कुटर पाएकी छिन् भने सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् । गृहिणी जीवन बिताइरहेका तथा विभिन्न पेशामा रहेका विवाहित महिला बीच जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा स्मृति श्रेष्ठ फस्ट रनर्सअपका साथ व्युटी विथ प्रपोज,  प्रतिमा शर्मा सेकेन्ड रनर्सअपका साथ मस्ट गर्जियस तथा जुनु शर्मा थर्ड रनर्सअपका साथ बेस्ट स्माइल  र रुपा सिवाकोटी फोर्थ रनर्सअप भएकी छिन्। 

अश्विनीकान्त झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा भएको चौथो संस्करणको प्रतियोगितामा नम्रता गिरी पब्लिक च्वाइस र फेसबुक च्वाइस, श्रीलक्ष्मी श्रेष्ठ थापा बेस्ट डान्सर, मनिषा पाण्डे बेस्ट पर्सनालिटी सपना प्रधानाङ्घ मस्ट क्रियटिभ, रविना परियार फेसन आइकन, अर्चना रिमाल बेस्ट स्किन प्रमिक्षा पोखरेल बेस्ट हेयर, बिना मगर जोशी मिसेस बब्ली फेस, अनिता बिमली युटुयुव बेस्ट भ्युज, मिसेस फोटोजेनिक  र भ्युवर्स च्वाइस, दीपा थपलिया र दीपिका शर्मा म्यानेजमेन्ट च्वाइस भएका छन्। 

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यता तथा मिसेस इन्टरनेसनल सिंगापुरका म्यानेजर विभरली ट्यान र दातो श्री शिव कुमारको विशेष आतिथ्यतामा सम्पन्न प्रतियोगितामा अभिनेता सुनिल थापा प्रमुख निर्णायक तथा अभिनेता आर्यन सिग्देल,  डा. अनिल मिश्र, अधिवत्ता रविन्द्र लामा र मिसेस नेपाल गल्याम २०१८ एलिजा मर्हजन निर्णायक रहेका थिए।  यसअघिको मिसेज नेपाल इन्टरनेसनलमा सविता लामिछाने, अनुपमा राई र सुरुची पाण्डे विजेता भएका थिए । कार्यक्रममा गोपाल ढकाल छन्देले कमेडी र गायक रुपकुमार राईले गीत प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए। 

प्रकाशित: ११ आश्विन २०७५ ००:३५ बिहीबार

मिसेज_नेपाल चन्दा_थापा_गिरी सौन्दर्य_प्रतियोगिता