कला

हलिउडमा काम गर्न शाहरुखको शर्त

मुम्बई– बलिउडमा पछिल्लो समय स्टार कलाकारको हलिउड मोह बढेको छ। नसीरुद्दिन शाह, इरफान खान, प्रियंका चोपडा, दीपिका पादुकोण, नवाजुद्दीन सिद्धीकी, अनुपन खेर लगायतले हलिउडमा काम गरिसकेका छन्। बलिउडबाट ओम पुरीले हलिउडमा काम गर्ने संस्कार बसाएका थिए। 

हलिउडमा काम गर्ने संस्कार बढ्दै जाँदा फिल्म ‘जिरो’को प्रमोशनमा व्यस्त बलिउडका ‘बादशाह’ शाहरुख खानले भने काम गर्नका लागि शर्त अघि सारेका छन्। 

इकोनोमिक्स टाइम्सलाई दिएको अन्तर्वार्तामा शाहरुखले यदि हलिउड निर्माता/निर्देशक प्रस्ताव लिएर आए सोच्ने तर काम देउ भनेर माग्न नजाने प्रष्ट पारेका छन्। ‘यदि उनीहरुलाई म सँग काम गर्नुछ भने उनीहरु मेरोमा आउन। म उनीहरुकोमा जाँदिन’, उनले भनेका छन्। 

उनले आफू हलिउडका लागि फिट नभएको बताउँदै अंग्रेजीमा पनि कमजोर रहेको सुनाए। ‘मलाई लाग्दैन कि म हलिउडका लागि फिट छु। शायद मेरो अंग्रेजी थोरै कमजोर छ। म मात्र बलिउड फिल्म गर्ने बारेमा सोच्छु। मलाई राम्रो लाग्नेछ यदि कुनै दिन टम क्रुज भन्ने छन कि मलाई हिन्दी फिल्ममा काम गर्ने इच्छा छ। इो निकै शानदार पल हुनेछ। इंशाअल्लाह, यस्तो एक दिन अवश्य होस।’

प्रकाशित: १० भाद्र २०७५ १४:२५ आइतबार

हलिउड शाहरूख_खान बलिउड