कला

गायिका अनिसाको ‘सेलोको धुन’ सार्वजनिक

काठमाडौं– ‘आउ लाहुरे’ म्युजिक भिडियोको माध्यमबाट सामाजिक सञ्जालमा छाएकी अनिसा तामाङ अहिले ‘सेलोको धुन’ म्युजिक भिडियो सार्वजनिक भएकाे छ।

विशाल थिङको शब्द ‘सेलोको धुन’मा आवाज दिएपछि अहिले अनिसाको चर्चा सेलो क्षेत्रमा चुलिएको छ। हुन त उनले यसअघि नै एक दर्जनभन्दा धेरै गीत गाइ सकेकी छिन्।

काभ्रे धुलिखेलस्थित सञ्जिवनी कलेजमा विविएस अध्ययन गर्दै गरेकी अनिसा बुबा पृथ्वीमान तामाङको प्रेरणाका कारण संगीत क्षेत्रमा लागेको बताउँछिन्। 

विशाल कै संगीतमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा पाल्देन लामा, रस्मि तामाङ, मलिन मगर र मिना लामाले अभिनय गरेका छन्। उक्त म्युजिक भिडियो डम्फू मिडियाको युट्युबबाट सार्वजनिक गरिएको हो। 

उक्त गीत सार्वजनिकसँगै अनिसाका समकक्षी तथा शुभेच्छुकले उनको आवाजमा नयाँ फ्लेवर पाएको प्रतिक्रिया दिएका छन्। 

करिब चारवर्षदेखि संगीत क्षेत्रमा लागेकी उनी संगीतलाई करियर बनाउने मनस्थितिमा छिन्। विगतमा उनले नेपाली गीतहरु गाइसकेकी छिन्। अनिसाको ‘कोही आए छ, बनावटि माया, यो मुटु, आज धेरै खुसि छु, अलि अलि चल्यो हावा, सिन्धुली नाम्सा जस्ता गीतहरु चर्चामा रहेका छन्। 

 

प्रकाशित: २१ श्रावण २०७५ १४:५८ सोमबार

म्युजिक भिडियो ‘सेलोको धुन’