कला

सलमान ल्याउने भनेर ठग्ने दुई पक्राउ

काठमाडौं– आवर ड्रिम्स कम्पनीमार्फत भारतीय कलाकार सलमान खानको टुँडिखेलमा कार्यक्रम गर्ने भनि विभिन्न दरका टिकट बिक्री गरी सर्वसाधारणलाई ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा आवर ड्रिम कम्पनीका संचालक काठमाडौं महानगरपालिका–३ महाराजगंज बस्ने ३८ वर्षीय सीमान्त गुरुङ र सोही कम्पनीका सुपरभाईजर काठमाडौं महानगरपालिका–५ टोखा बस्ने २८ वर्षीय रबिन केसी रहेका छन्।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ३१ असार २०७५ १३:०३ आइतबार

सलमान ल्याउने भनेर ठग्ने दुई पक्राउ