कला

‘फेसन नोभा’मा मोडल साे

काठमाडौं – फेसन डिजाइनको प्रवर्द्धन तथा व्यवसायिक विकास गर्न राजधानीमा आगामी शुक्रबार ‘फेसन नोभा २०१८ः सिजन ७’ नामक फेसन सो हुने भएको छ । द क्रिएसन इन्स्टिच्युट अफ फेसन डिजाइनले आयोजना गर्न लागेको सोमा अडिसनमार्फत छनोट भएका मोडललाई कोरियोग्राफर प्रशान्त ताम्राकार र कलाकार रक्षा श्रेष्ठले विभिन्न प्रशिक्षण दिइरहेका छन्।

क्रिएसनकी अध्यक्ष मनिता थापाले फेसन सोमार्फत डिजाइनरको प्रतिभालाई प्रस्फुटन गरिने बताइन् । सोका लागि डिजाइनरहरू निश सिंह, मेनुका भट्टराई, जिबा श्रेष्ठ, संगीता पण्डित, ज्योति अग्रवाल, बिना थापा, शर्मिला न्यौपाने, जमुना नेपाली, निर्मादा स्याङतान तथा सजिना विष्टले पहिरन  तयार पारिरहेका छन्।

डिजाइनरले ब्ल्याक टु ब्ल्याक, बार्बी गोज टु बजार, लभ्ली लेयर्स, समर अफ लभ, आर्टिस्टिक, ब्राइडल तथा कक्टेल वेयर गरी सात थिममा पहिरनको तयारी गरेका छन् ।सोमा कलाकार रेनुका सिंह ठकुरी, अभिनेत्री तथा मोडल ज्योत्सना योगी, अभिनेता पृथ्वीराज प्रसाईं, मोडल दीपक घिमिरे, नायिका एलिजा धमला, कलाकार रक्षा श्रेष्ठ, मोडल निलम चन्द र अभिनेता तथा कोरियोग्राफर प्रशान्त ताम्राकारले सात थिममा सिक्वेन्स स्टपर्सको रुपमा र्याम्पवाक गर्नेछन् । फेसन सोमा पहिलो मिस नेपाल रुबी राणा शाह सो–स्टपर्सको रुपमा प्रस्तुत हुने छिन्।

 

 

प्रकाशित: २१ जेष्ठ २०७५ ०६:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App