कला

छोरीसँग आमिरको मस्ती, रिसाए दर्शक !

मुम्बई– बलिउडका ‘मिस्टर पर्फेक्टनिष्ट’ आमिर खान विवादमा तानिएका छन्। खासै विवादमा नआउने आमिर आफ्नी छोरी इरासँगको तस्बिरका कारण आलोचित बन्न पुगेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक तस्बिरमा आमिर छोरीसँग देखिएका छन्। जसमा दुबै मस्तीको मुडमा छन् र इरा आफ्नो पिताको शरीरमाथि बसेकी छिन्। यो तस्बिरमा इराले छोटो लुगा लगाएकी छिन्। 

समाजिक सञ्जालमा फ्यानले असभ्य तस्बिर भन्दै आलोचना गरेका छन्। धेरै फ्यानले इराको छोटो लुगा र मुस्लिम समुदायको रमजान महिनालाई जोडेर आपत्ति जनाएका छन्। आफूहरुले आमिरको इज्जत गर्दै आएको र उनबाट यस्तो अपेक्षा नगरेको पनि उल्लेख गरेका छन्।

रमजान चलिरहेका बेला आफू मुस्लिम हुँ र मुस्लिमको परम्परालाई ख्याल गर्न फ्यानले आग्रह गरेका छन्। केहीले भने बुढेसकालमा छोरीसँग यस्तो गर्नु उपयुक्त नभएको भनी टिप्पणी गरेका छन्। 

दर्शकले असन्तुष्टि जनाएपनि आमिरले भने कुनै प्रतिक्रिया दिएका छैनन्। उनी आजकल आफ्नो आगामी फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को प्रमोशनमा व्यस्त छन्। 

प्रकाशित: १७ जेष्ठ २०७५ १०:०२ बिहीबार

छोरीसँग आमिरको मस्ती रिसाए दर्शक