कला

नेहा धुपियाले आफूभन्दा कान्छा युवकसँग गरिन विहे

मुम्बई– बलिउड अभिनेत्री नेहा धुपियाले आफूभन्दा कान्छा युवकसँग गुपचुप विहे गरेकी छिन्। बलिउडमा अभिनेत्री सोनम कपुरको धुमधाम विहे भएकै बेला नेहाले गुपचुप विहे गरेकी हुन। उनको विहेको तस्बिर फिल्म निर्देशक करण जौहरले सार्वजनिक गरेपछि यो खबर बाहिर आएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार ३७ वर्षीया नेहाले आफूभन्दा २ वर्ष कान्छा कलाकार ३५ वर्षीय अगंद बेदीसँग विहे गरेकी छिन्। दुबैको विहे निजी समारोहमा भएको हो। 

नेहाले पनि सामाजिक सञ्जालमा आफ्नो विहेको तस्बिर शेयर गर्दै भनेकी छिन्– ‘मेरो जिन्दगीको सबैभन्दा सही फैसला। आज मैले आफ्नो बेस्ट फ्रेण्डसँग विहे गरे, हेलो हजबेण्ड।’

यसअघि युवा नायिका सोनम कपुरले मंगलबार व्यापारी आनन्द आहुजासँग मुम्बईमा धुमधामका साथ विहे गरेकी थिइन्। त्यसअघि अनुष्का शर्माले क्रिकेटर विराट कोहलीसँग लगनगाँठो कसेकी थिइन्।

प्रकाशित: २७ वैशाख २०७५ ११:५३ बिहीबार

नेहा धुपियाले आफूभन्दा कान्छा युवकसँग गरिन विहे