कला

साउदीमा पहिलो पटक फेशन शो, दर्शक महिलामात्र

रियाद् – साउदी अरेबियामा पहिलोपटक फेशन शो भएको छ। साउदीको रियादमा सम्पन्न उक्त फेशन शोमा दर्शक भने महिलाहरूमात्र थिए। 

उक्त फेसन शोमा सहभागी महिलाहरू ज्यादै खुसी देखिएका थिए। फेसन शोमा विश्वका अन्य मुलुकका महिलाहरूको पनि सहभागिता रहेको थियो।

महिला अधिकारका क्षेत्रमा अनुदार देखिएको साउदी अरेबियाले केही समय अगाडि मात्रै महिलाहरूलाई गाडी चालकको अनुमति दिएको थियो। गाडी चलाउन नपाउने नियमको अवज्ञा गरेको भन्दै साउदीका  महिला अधिकारवादीहरूले जरिवाना तथा जेल सजायको सामना समेत गर्नुपरेको थियो। 

केही महिना अगाडि साउदीका महिलाहरूलाई फुटबल प्रतियोगिता हेर्न अनुमति दिइएको थियो। महिलाहरूले पुरूषसँगै किङ अब्दुलाहा स्पोर्टस् सिटीमा अल –बटिन र अल –अल्हीबीचको खेल हेरेका थिए। 

गत डिसेम्बरमा साउदीले महिलाहरूले हलमा गएर चलचित्र हेर्न पाउने अनुमति दिएको थियो।

प्रकाशित: ६ वैशाख २०७५ ०८:१२ बिहीबार

साउदीमा पहिलो पटक फेशन शो दर्शक महिलामात्र